अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० श्रावण ११, बिहीबार १२:४५ बजे

धिरज वर्णवाल – वीरगंज, ११ साउन । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालको ग्रामीण नाकाबाट भित्र्याउँदै गरिएको ठूलो संख्याको राँगा , भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट बिशेष सूचनाको आधारमा खटिएका टोलीले बिन्दबासिनी  गाउँपालिका–५ स्थित हासवाबाट बिहिबार बिहान ११ बजेतिर २६ वटा राँगाभैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जानकारी दिए ।

बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ५ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ । भैंसी ल्याउने व्यक्तिहरु प्रहरीलाई देखेपछि भागेका छन् । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको उपरीक्षक थपलियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय