अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० श्रावण १२, शुक्रबार २०:४८ बजे

राजन कुमार बानिया । पर्सा १२ साउन
पर्साको जिराभवानी गाँउपालिकाले १२ अौ गाउँ सभा आर्थिक बर्ष २०८०/०८१ नीति तथा कार्यक्रम बाट ३० करोड ३१ लाख ४८ को अनुमानित बजेट पारित गरि सार्वजनिकरण गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले गर्नु भएकी छिन। १२ अौ गाउँ सभा जिराभवानी गाउँपालिका वडा नं ३ जीतपुरमा रहेको बरात भवनमा आयोजित कार्यक्रममा गाउँ सभा कार्यक्रम गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि सेवा निबृत डाक्टर बालकृष्ण चौधरीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बोल्दैले भने जनप्रतिनिधिहरु लाई अाग्रह गर्दै भने जनताहरुले अासा र बिश्वासका साथ अाफ्नो मत दिएर जिताएका छन उनी हरुको साथमा बिश्वघात नहोस सबै जातजाति भाषाभाषी लाई समेटेर चलन र कसै संग भेदभाव नगर्न अाग्रह समेत गर्नु भएको थियो ।

बिशिस्ट अतिथि रहनु भएका मधेश प्रदेशका प्रदेश सांसद शंकर प्रसाद चौधरीले भने सघिय र प्रदेश बाट मेरो पहलमा बिकासको लागी ६ करोड भन्दा बढि बजेट यो अार्थिक वर्षमा ल्याएको छु । क्षेत्र का जनता हरुको दुख शुख साथ कान्धमा कान्ध मिलाएर अाफ्फु चलन अाग्रह समेत गर्नु भयो।गाउँपालिका अध्यक्ष अनोज चौधरीले बोल्दै भने राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए। बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष चौधरीले बताए। आगामी आबको निति अन्तर्गत जिराभवानी गाँउपालिकामा कृषि ,सिचाई तर्फ बिषेश बजेट राखिएको छ। कृषि भएमा शिक्षा र स्वास्थय लगायत अन्य बिकास समभव रहेको बताए । सबै भन्दा पहिला किसान हरु लागि कृषि पोल तार जडान को साथै कृषि मोटर खरिद तथा बितरण कार्यक्रम राखिएको छ। शिक्षा , स्वास्थ्य,पर्यटन प्रबर्द्धन र महिला बालबालिका को हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको गापा अध्यक्ष चौधरीले जनाए ।। गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिएका छन। एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक , जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन। बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन।

गरिने यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने बताए । पालिकाका पाचै वडाहरुमा नया कृषि सडक निर्माण गरिने निति रहेका छन। सस्तो दरमा एम्बुलेंस सेवा उपलब्ध गराउने तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेंस सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने र थप्प एक वटा एम्बुलेंस खरिद गरी सेवालाई प्रभाकारी बनाउने निति रहेका छन। गाँउपालिकाबासीहरुलाई ब्लड बैकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी निति रहेका छन। यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति रहेका छन। साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने निति रहेका छन। अगामी बर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने निति लिएका छन। २०८०/८१ को लागि बितिय समानिकरण ९ करोड ४२ लाख,सशर्त चालू ११ करोड २४लाख,सशर्त पुजिगत ९० लाख,विशेष अनुदान १करोड,समपुर्क अनुदान ५०लाख,राजस्व बाँडफाँड ५करोड४५ लाख ,प्रदेश सरकार अनुदान वितिय समानिकरण६५लाख४८ हजार,विशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख,अान्तरिक अाय ५० लाख,अान्तरिक राजस्व १५ लाख गरि ३० करोड ३१ लाख ४८ हजार बराबर को बजेट पारित गरि सार्वजनिकरण गरिको छ।गाउँ सभा कार्यक्रममा गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी वडा सदस्य समाजसेबी सत्यनारायण साह कानु ,लगायत शुभकामाना मन्तव्य व्यक्त गरेका थिए। गाउँ सभा मा जिराभवानी गाउँपालिका मा राम्रो काम गरेका उत्कृष्ट ५ जना किसान हरु लाई नगद र स्प्रेटंकी दिएर सम्मानित गरिएको थियोे । एसईई परीक्षा मा पास भएका गाउँपालिका भरि का छात्र,छात्रा हरु लाई सम्मानित गरिए थियो। गाउँपालिका मा उत्कृष्ट काम गरेको मा एक जना प्रअ , एक जना बि फार्मा पढने बिधार्थी,एक जना खेलाडी , कर्मचारी र पत्रकार ,सुरक्षाकर्मी हरु लाई सम्मानित गरिएको थियो। कार्यक्रम मा कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य ,पत्रकार , सुरक्षाकर्मी,कर्मचारी लगायतका उपस्थिति रहेका थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय