अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० श्रावण १३, शनिबार १६:२५ बजे

हेटौंडा। तल्लो दर्जामा कार्यरत प्रहरी हरेक तरहको भेदभाव हुने गरेको छ । कुनै अधिकृतले कुरै नबुझी तल्लो दर्जाका प्रहरीलाई कुट्ने, यातना दिने गरेका घटना यदाकदा आइरहन्छन् ।

यस्तै भएको छ, बागमती प्रदेश प्रहरी गण हेटौंडामा । उक्त गणका गणपति एसपी महेन्द्रकुमार खड्काले दुई प्रहरी जवानलाई अन्धाधुन्द कुटपिट गर्दा कानको जाली नै फुटेको छ ।

प्रहरी जवान कुमार भण्डारी र प्रहरी जवान सन्तोष अधिकारीलाई एसपी खड्काले शनिबार विनाकारण कुटपिट गरेका छन् । एसपी खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ । जवान भण्डारीका दम्पत्ति नै प्रहरीमा कार्यरत छन् । काभ्रेबाट गणमा सरुवा भएका भण्डारी दम्पत्तिलाई गेटबाट बाहिर निस्कन दिइएको थिएन ।

शनिबार बिहान अण्डरवेयर किन्न गणको गेटबाट बाहिर निस्केर तुरुन्त फर्किएका जवान भण्डारी र उनीसँगै गएका सन्तोष अधिकारीलाई एसपी खड्काले १ सय ५० भन्दा बढी प्रहरीका बीचमा एक्कासी कुटपिट गरेका थिए । उनले जथाभावी मानवीय संवेदना पनि नराखी कुट्दा भण्डारीको कान नै बन्द भएको छ । एसपी खड्काको आक्रमणबाट भण्डारीको कानको जाली नै फुटेको छ ।

प्रहरी जवानलाई यातना दिएकोबारेमा एसपी खड्कासँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन । साभार : नेपालफेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय