अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० श्रावण १४, आईतवार ०६:१७ बजे

वीरगंज – १४ साउन । बाराको मुसहर्वा सिमानाकामा प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको समाचार प्राप्त भएको छ । प्रहरी चौकी मुसहर्वाका इन्चार्ज वरिष्ठ सई बसन्त थापाको संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ ।

संगठनले दिएको जिम्मेवारीलाई भुलेर वरिष्ठ सई थापाले तस्करी गर्नेहरुसँग मोटो रकम बुझेर सेटिङमा तस्करी गर्न छुट दिएका छन ।

बारा र पर्साको सिमानाकासंँग जोडिएको भारतीय प्रसिद्ध बजार रक्सौलबाट नेपालतर्फ लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु पिकअप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाईकल, साईकलका माध्यमले मुसहर्वा सिमानाकाबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरेको छ ।

मुसहर्वा सिमानाकाबाट तस्करीका समान बाराको सदरमुकाम कलैया, परवानिपुर, जिपुर, सिमरा र पोखरा, काठमाडौं जस्ता नेपालको विभिन्न शहरमा पुग्ने गरेको छ ।

सन्तोष साहलाई मासुजन्य चौपाया रांगा भैंसी तस्करीको ठुलो लाईन ।

बाराको सिमानाकामा मासुजन्य राँंगाभैंसी तस्करीका मुख्य नाइके हुन सन्तोष साह । परवानीपुरमा लाग्ने पशुहाट बजारको लागि ठूलो सङ्ख्यामा रोगी राँगा भैँसी तस्करी गर्दै आएका छन् ।

बाराका नमुदत राँंगाभैंसी तस्कर सन्तोष साहले प्रहरी चौकी मुसहर्वाका इन्चार्ज वरिष्ठ सई थापालाई मासिक ८० हजार बुझाएर मासुजन्य राँंगाभैंसी तस्करी गर्न लाईन पाएका छन ।

भारत बिहारको विभिन्न ठाउँबाट खरिद गरेका मासुजन्य रोगी राँंगाभैंसी रातिको समयमा मुसहर्वा सिमानाकाबाट प्रहरीकै संरक्षणमा तस्करी गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तस्करी रोक्नुको सट्टा सेटिङ मिलाएर तस्करीको लाईन दिएर कमाउ धन्दामा वरिष्ठ सई थापा लागेका छन् । वरिष्ठ सई थापा रातिराती आफै सीमामा गएर भारतबाट लत्ताकपडादेखि भैसी र रक्सी सीमा वारपार गराउने गरेका छन् । वरिष्ठ सई थापा लामो समयदेखि बारा र पर्सामा रहेका कारण उनको सबै ब्यापारीदेखि तस्करसंग नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् । उनी पर्साको जानकीटोला र लंंगडी मा रहेको बेला बालुवा र गिट्टी तस्करी गराएको निकै बदनाम प्रहरी हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय