अपडेट 
सशस्त्रका इन्स्पेक्टर साहको संरक्षणमा असई सिंहको खुलेयाम अवैध असुली (भिडियो) | छिपहरमाईमा रास्वपाको गाउँपालिका भेला, अध्यक्षमा यादव चयन | पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति | | पर्साको पटेर्वासुगौलीबाट २२ किलो गाँजासहित चौधरी पक्राउ | आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन | पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग | पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, प्रहरी ज्यादतीकाे भिडियाे बनाउने संचारकर्मी माथि दुर्व्यवहार | पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह |
२०८० श्रावण २०, शनिबार १९:०३ बजे

बीरगंज २०  सावन

नेपालका लागी नेपाली पार्टि बीरगंज नगर समितिको आयोजनामा आज बीरगंज नगर क्षेत्रका अगुवा कार्यकर्ता भेला एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

पार्टिका नगर सचिव अनिल पटेलको सभापतितत्वमा र केन्द्रीय अध्यक्ष संतोषानन्द महाराजको प्रमुख आतिथ्यमा सम्पन भएको थियो।भेलाले बीरगंज नगर क्षेत्रमा रहेको 32 वडामा एकाई समिति विस्तार गर्ने, बीरगंजको हरेक गरमा जय श्रीरामको झण्डा लगाउने, प्रशिक्षण कार्यक्रम गर्ने, धार्मिक क्षेत्रको संरक्षणमा रचनात्मक भुमिका निर्वाह गर्ने, धार्मिक क्षेत्रको अतिक्रमण गर्ने व्यक्ति होस वा समूहको भंडाफोड़ गर्ने,हिन्दू विरोधी कार्य गर्ने लाई तह लगाऊने, हिन्दू अधिराज्यको नारा सहित शंख जुलूस गर्ने, हरेक महीनामा कार्यको समीक्षा गर्ने निर्णय सहित भेला सम्पन भएको थियो।

लक्ष्मणवा चौक नजिक रहेको होटल दाजूभाई भेटघाटमा भएको कार्यक्रममा नेपालका लागी नेपाली पार्टीका केन्द्रीय सचिव तुलसी पौडेल, केन्द्रीय सदस्य बिनोद कुर्मी, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सदस्य सुरेश साह कानू,पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, कोषाध्यक्ष प्रणय सिन्हा, सह-सचिव आनन्द सिंह, जिल्ला सदस्य संतोष कुशवाहा, दीपेन्द्र महतो, रामजी पासवान, कलैया नगर उपाध्यक्ष बेलास साह कानू, सदस्य धुरुब साह सहित बीरगंज नगर समितिको सदस्यहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय