
काठमाडौं । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारत पुगेपछि २४० रुपैयाँ प्रतिकेजी बिक्री हुने पाइएको छ । नेपालको खुद्रा बजारमा एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो २४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।
टमाटर निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।
नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० रुपैयाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ ।
प्रतिक्रिया!