वीरगञ्ज, १४ साउन : नेकपा एमाले निकट रहेको युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला कमिटी बिस्तार भएको छ ।
कार्य समितीको आज वीरगञ्जमा बसेको बैठकले महमद निजामको अध्यक्षतामा १२१ सदस्यीय पर्सा जिल्ला कमिटी बिस्तार भएको हो । आजकै बैठकले बिभिन्न पालिकाहरुमा युवा गतिबिधि सञ्चालनका लागि संयोजक र सचिवको जिम्मेवारी समेत तोकिएको छ ।
पर्सा जिल्लामा बिशेष गरी एमालेको गतिबिधीलाई जनस्तरसम्म लग्ने र पार्टीको पक्षमा जनतम निर्माणको लागि युुवाहरुले महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएका छन् । समाजमा हुने अनेक प्रकारका समाज बिरोधी गतिबिधीलाई निरुत्साहित गर्न र युवाशक्तिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ नेकपा एमालेले युवासंघको परिकल्पना गरेको समाचार प्राप्त हुन आएको छ ।
प्रतिक्रिया!