अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० श्रावण २४, बुधबार ०८:४० बजे

काठमाडौँ, २४ साउन (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा आयोजित ‘चामल लगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उहाँले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिनुभएको हो ।

मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजारको अनुशासन कायम गर्न सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गरी कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरू, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, मन्त्रालयका सहसचिवहरू तथा आपूर्तिसँग सम्बन्धित संस्थानका प्रमुखको उपस्थिति रहेको थियो ।

आसन्न चाडपर्वको समयमा खाद्यान्नको पर्याप्त उपलब्धता, दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति व्यवस्था तथा खाद्य सुरक्षा प्रत्याभूतिका लागि पर्याप्त मौज्दात राख्नेसम्बन्धी विषयमा समेत कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा बजार अनुगमन निर्देशिका, २०७९ बमोजिम संयुक्त र विषयगत टोलीबाट बजारको नियमितरूपमा अनुगमन गर्ने, कार्ययोजनासहित बजार अनुगमनलाई थप प्रभावकारी बनाउने, बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि सबै सम्बद्ध निकायबाट समन्वय तथा सहकार्य गर्ने, अत्यावश्यक वस्तुको आपूर्ति र खाद्य सुरक्षाका लागि खाद्यान्नलगायतका वस्तुको तोकिएबमोजिमको मौज्दात कायम राख्ने र स्थानीय बजार व्यवस्थापनका लागि सबै स्थानीय तहलाई अत्यावश्यक वस्तुको आपूर्ति, गुणस्तर, परिमाण र मूल्यका सम्बन्धमा नियमित बजार अनुगमनको व्यवस्था मिलाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय