तस्करी गराउने इन्स्पेक्टरलाई शक्तिकेन्द्रको दबाबमा भएन कार्वाही, छानबिन टोली तस्करको भोज खाएर फर्के



वीरगंज । उप प्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न कुनै कसर बांकी नराख्ने कुरा बारम्बार गरि रहन्छन । यति मात्र हैन उनले सिमानामा हुने चोरी तस्करी र अपराधका घट्ना नियन्त्रण गर्न दुबै सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमै बोलाएरनिर्देशन पनि दिईसकेका छन् । तस्करी कार्यमा संलग्न हुने जो कोहीलाई पनि कारवाही गर्ने बताई रहन्छन् ।

तर पनि सीमावर्ती क्षेत्रमा चोरी तस्करी धन्दा रोकिनु त परै जावोस कमाउने मन्साय बनाएर शक्तिकेन्द्रको आडमा तथा सोर्सफोर्स लगाएर गण र बिओपी पाएका केहि इन्चार्जहरुले कमाउ धन्दामा लागेका कारण झन् बढेको छ ।

गृह मन्त्री श्रेष्ठले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न दिएको निर्देशन तथा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चोरी तस्करी रोक्न दिएको आदेशलाई लत्याउदै राँगभैंसी तस्करीको लाईन दिएर तस्करी गराएको पुष्टी भएपनि इन्स्पेक्टरलाई उनमुक्ती दिएको पाईएको छ ।

तस्करी गराएको काणडमा गणमा तानिएका इन्स्पेक्टरलाई संगठनमा पहुँच र शक्ति केन्द्रको दबाबमा छानबिन खोकलो पारि प्रतिबेदन कमजोर बानाएर कारबाही नगरी उन्मुक्ति दिएर फेरि त्यही बिओपीमा पठाएको पाईएको हो।

तस्करी आरोपमा गणमा तानेर अनुसन्धानको दायरामा रहेका सशस्त्र प्रहरी निरीक्षकले शक्तिकेन्द्रबाट कार्वाही नगर्न दबाब दिन लगाएपछी अनुसन्धानकै क्रममा रहेका उनलाइ २-३ दिन पछि गणबाट फेरि त्यही बिओपीमा पठाएर प्रमाण नस्ट गर्न लगाईएको थियो ।

तस्करहरु र प्रहरी निरीक्षक थापाले प्रभावमा पार्न छानबिन गर्न आएको कर्मचारीहरुको लागी प्रसौनीभाठा बिओपीमा भोजभतेर समेतको आयोजना गरेको नाम नखोल्ने सर्तमा एक जना सशस्त्रका कर्मचारीले जानकरी दिएका थिए ।

छानबिनको लागि डिएसपी सिंहको नेतृत्वमा खटिएको टोलीले तस्कर र सशस्त्र प्रहरी निरीक्षक थापासंग घुलमिल गर्ने तथा उठबस गर्ने नजिकका ब्यक्तिहरुलाई बोलाई छानबिनमा खटिएका कर्माचरीहरुले आफै बोलेर लेख्न लगाई प्रतिबेदन कमजोर बनाई कार्वाहीबाट जोगाएको स्रोत बताउ“छ ।

घटनाका बारेमा गणका सूचना अधिकारी डिएसपी देवेन्द्र सिंहको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा १२ गते शुक्रवार बिहान गणमा तानिएका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) का इन्स्पेक्टरले पर्साका नमुदत राँंगाभैंसी तस्कर प्रसौनीभाठाका महम्मद अलि संग मोटो रकम बुझेर लाइन दिएर तस्करी गराएको ठूलो संख्याको राँंगाभैंसी गणको टोलीले नियन्त्रणमा लिएपछि इन्स्पेक्टर थापा गणमा तानिएका थिए ।

प्रसौनीभाठा नाकाबाट राँंगाभैंसी तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल गण नं. १३ वीरगन्ज पर्साबाट खटिएको टोलीले बिन्दबासिनी गाउँपालिका- ५ स्थित हासवाबाट साउन ११ गते बिहीबार बिहान ११ बजेतिर २६ वटा राँंगाभैंसी बरामद गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियासंग यस घटनाको बारेमा बुझ्दा छानबिन समितिले बुझाएको प्रतिवेदनबाट प्रत्यक्ष आर्थिक सन्लगन्ता देखिएन तर डियुटी मुख्य ठाँउमा नखटाएर अन्यत्र खटाएको देखिएपछी उनलाई एक चोटी सचेत गराएर छोडिएको छ तर सचेत गराएको पनि एक किसिमको कार्वाही नै हो ` एसपी थपलिया भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज