अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० श्रावण २४, बुधबार ११:१६ बजे

बीरगंज । जिल्ल प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले २०७९/२०८० मा गरेका कामको प्रगती विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो उपलब्धी सार्वजनिक गरिरहँँदा मातहतका प्रहरीको असुली धन्दा रोक्नेतर्फ भने चासो नदिएको आरोप भने लागि नै रहेको छ ।

जिल्ला देखि मातहतका प्रहरी कार्यालयका प्रमुखहरूले घुमुवा राख्ने , उनीहरू मार्फत तस्करीको लाइन दिने र तस्करी गराए बापत रकम लिने काम अहिले व्यापक चलेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताबाट सादा पोसाकमा खटिएका प्रहरी सहायक निरीक्षक घुमुवा रामसोगारत यादवको मिलेमतोमा पर्सा जिल्लाको इनर्वागाउँ , इनर्वा भन्सार क्षेत्र, छपकैया, सृसिया लगायतको नाकामा तस्करी मौलाउदो क्रममा देखिएको छ ।

अहिले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुने होइन झन् बढेको छ। खास गरेर इन्चार्जले खटाउने घुमुवाको संरक्षण र सेटिङमा हुने चोरी तस्करी अहिले निकै बढेको छ। ।

नेपाल  प्रहरीको घुमुवा सेटिङ र संरक्षणमा पर्साको इनर्वागाउँ , इनर्वा भन्सार क्षेत्र, छपकैया, सृसिया लगायतको नाकाबाट तस्करीको लाइन पाउनेहरूमा जितु, धुरुप, बबन, बच्चा, सन्तोष, अनिल, मुख्तार, सत्रोहन,भोला र रुपेश मुख्य छन् भने अन्य साना झोले पोके त सयौंको संख्यामा छन् ।

तस्करीको सेटिङ मिलाउने र संरक्षण अनि लेनदेन सबै काम  प्रहरी सहायक निरीक्षक घुमुवा रामसोगारत यादवले गर्दै आएको वडा प्रहरी कार्यालय बिर्ताका एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने, वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक बिदुर शिवाकोटीको आर्थिक कारोवार प्रहरी सहायक निरीक्षक यादवले नै गर्ने गरेको उनले बताए । यस बिषायमा वडा प्रहरी बिर्ता कार्यालयको नम्बरमा फोन सम्पर्क गर्दा वरिष्ठ सई रबिन्द्र साह तुरहाले फोन उठाएर यसबारेमा आफुलाइ केही थाहा नभएको इन्स्पेक्टर साब बिदा मा छन आए पछि वहाँ संग कुरा गर्नु होला भनेर फोन काटे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय