अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० भाद्र २, शनिबार १५:५५ बजे

वीरगंज – पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।

सशस्त्र एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो ।

वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार अनुसार शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । थपलियाले सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए । साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहकर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।

लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी वयोधा अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए ।

नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए । थपलियाको शव अहिले पनि वयोधा अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय