एकल महिला माथी निर्घात कुटपिट,कुटपिट गर्नेलाई प्रहरीकै संरक्षण, पीडितनै प्रहरी खोरमा ।



वीरगंज – ३ भदौ । छिपहरमाई गाउँपालिका –२ बडका टिहुकीका एकल महिला तारा देबी र उनको छोरालाई लछारपछार गरि निर्घात कुटपिट भएको छ ।

ऋण लिएको १२ लाख रुपैयाँ मै ६ कठा खेत जमिन लेख्न दबाब दिदै आएको थियो तर ६ कठा खेत जमिन नलिखेको निहुमा भोला साह कानु सहितकाले एकल महिला र उनका छोरालाई बासको भट्टा तथा खुट्टा र हाथले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको  छ ।

आइतबार बिहान १० बजेको करिबमा एकल महिला तारा देबी र उनका छोरालाई छिपहरमाई -३ झलमहिया बस्ने रामेश्वर भने भोला साह कानु र प्रदिप साह कानु सहितका टोलीले निर्घात कुटपिट गरेका हुन ।

आफुले ६ कठा जमिन नलिखेको निहुमा केहि दिन पहिला पनि घरमा बसी रहेको अवस्थामा एक्कासी घरमा पुगेका भोला कानु र उनका छोराहरुबाट लछारपछार गरि निर्घात कुटपिट गर्दै भोलाले आफ्नो घरमा लगेर थुनेको घटना एकल महिला तारा देबीले बताएको छिन ।

आफ्नो शान्ति सुरक्षाको लागि ती पीडित एकल महिला तारा देबीले जिल्ला प्रशासन कार्यालय पर्सा र न्यायको लागि जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा निवेदन पनि दिएको छिन तर शान्ति सुरक्षा र न्याय दिलाउने प्रहरी नै कुटपिट गर्ने ब्यक्तिलाई संरक्षण गरे पछि यस्तो घटना बारमबार दोहोरिएको हो ।

प्रहरीले कुटपिट गर्ने भोला र उनको छोरालाई पक्राउ गर्नु पर्नेमा उल्टै कुटपिटबाट घाइते भएकी पिडित एकल महिला तारा देबि र उनका छोरालाई उपचार गराउनुको सटा ईलाका प्रहरी कार्यालय पोखारियामा ल्याइ थुनामा राखेर प्रहरीले दबाब दिई रहेको पिडित र उनका घर परिवारका ब्यक्तिले बताएका छन ।

तारा देबीको शरिरको अधिकांश भागमा गम्भीर चोटपटक लागेको छ भने छोराको शरिरको केही भागमा बासको लाठीले कुटिएको चिन्ह देखिएको छ ।

पीडित तारा देबीलाई भोला साह कानुले ३ महिना पहिला १२ लाख रुपैयाँ दिएको थिए । ऋण दिने साहु भोला साह कानुले १२ लाख रुपैयामै उनको ६ कठा जमिन बारमबार कुटपिट गरि डराई धम्काई हडपन खोजेका तारा देबीले बताएकी छिन । यस बिषयमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरिक्षक मोहन बिक्रम केसीसंग बुझदा कुटपिट बरे बुझ्दै छौ, ती महिलाले १२ लाख रुपैयाँ लिएको निवेदन परेको छ र उनी माथी अर्को पनि मुद्दा रहेको जानकारी आएको छ हामी बुझ्दै छौं उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज