अहमदिया संघ नेपाललाई गृहमन्त्री द्वारा सम्मानित



वीरगञ्ज ११ भदौ

हिजो बिहान १० बजे जिल्ला प्रशासन कार्यलय‌को नवनिर्मित भवनको समुदघाटन कार्यक्रम सम्पन्न भयो । जिल्ला प्रशासन कार्यालयको प्रमुख हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

सो कार्यक्रममा गृहमन्त्रीले अहमदिया संघ नेपाललाई समाज सेवा गरेकोमा हासिम अहमद लाई सम्मानित गर्दै प्रशंसा पत्र दिनु भयो । विगत बीसौं वर्ष देखि सो संस्था समाज कल्याणको निमित विभिन्न कार्यहरू मुलुकको विभिन्न क्षेत्रहरूमा गर्दै आएको छ । त्यस्तै यो नवनिर्मित भवनमा फर्निचरको ब्यवस्था मिलाउनमा योगदान दिएको छ ।

सबैलाई प्रेम गर कसैलाई घृणा नगर नाराको साथ सो संस्थाले मुलुकमा भुकम्प आएको बेलामा बेलायतबाट स्वास्थ्यकर्मीको टीम ल्यायर नि:शुल्क सेवा प्रदान गरेको थियो, कोभिडको बेला थुप्रै राहत वितरण गरेको थियोे ।

कोसी ब्यारेज घटनाको बेलामा पनि मुलुकलाई अधिक अनुदान दिएको थियो। पर्सा जिल्लामा नि:शुल्क विद्यालय संचालन गर्दै आइरहेको छ ।साथै निशुल्क होमियो डिस्पेन्सरी पकी संचालन भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज