
वीरगञ्ज १८ भदौ
लोकतान्त्रिक मुस्लिम संघ पर्सामा नयाँ नेतृत्व चयन
भएको छ । वीरगन्जको सुगैलीमा आयोजित एक कार्यक्रममा आज मुसाफिर अन्सारीको नेतृत्वमा ११ सदस्य समिती चयन भएको नगर अध्यक्ष शेख फिरोजले बताए ।
पर्साको सुगैली वडा नम्बर २६ मा आयोजना गरिएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष पुर्सोतम लाल झा को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कमिटी गठन गरिएको छ ।
उत्त कार्यक्रमा पार्टीका उपाध्यक्ष सन्तोश तिवारी , केन्द्रिय सद्स्य नेजामुदिन समानी , मैलाना साबिर , राम चन्द्र पन्डित,लाल बाबू प्रसाद कुर्मी र अनिरुध कलवारको विशेष उपस्थि रहेको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष पुर्सोतम लाल झाले आगामी दिनमामा संगठनलाई सबैको सहयोगमा चुस्त दुरुस्त आजै देखि लागि पर्ने नव अध्यक्ष लाई निर्देश दिनु भयो ।
कार्यक्रममा पर्सा जिल्ला बाट करिव ३००जनाको सहभागीता रहेको नगर अध्यक्ष शेख फिरोजले बताए।