अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० भाद्र १९, मंगलवार १३:०४ बजे

वीरगन्ज१९ भदौं

वीरगन्ज महानगरपालिकाको नियमन समितिको अनुगमनले मंगलबार पनि अनुमति बिना सञ्चालित दुई वटा कलेजमा सिलबन्दी गरेको छ ।

महानगरद्वारा गठित नियमन समितिले गत बुधबार देखि वीरगञ्जमा अनुमति बिना सञ्चालित कलेजहरुमा पुगेर सिलबन्दी गर्न थालेको छ ।आज मंगलबार पनि दुई वटा कलेजमा सिलबन्दी गरेको हो ।

नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवको नेतृत्वममा छ मंगलबार खटिएको टोलीले वीरगन्ज– ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिसटोन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

यसअघि सोमबार पनि उक्त टोलीले वीरगन्ज १६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेज र वडा नम्बर ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।भदौ १३ गते पनि वीरगन्ज महानगरकै अनुगमन टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समापनि सिलबन्दी गरेको थियो ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएका मध्ये मंगलबारसम्म ७ वटा कलेजमा सिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय