
वीरगंज – ओरिया खोलामा पौडी खेल्ने क्रममा भारतीय एक किशोरीको डुबेर मृत्यु भएको छ ।
जगरनाथपुर गाउँपालिका -२ दसौंता स्थित ओरिया खोलामा पौडी खेल्ने क्रममा भारत बिहारको पश्चिमी चम्पारण इनर्वा गाउँको वडा नं. ८ बस्ने अब्दुल अन्सारीको छोरी अं. वर्ष १२ की गुलाबसा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो करिब २ बजे डुबेर खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक खातुन संगै पौडी खेल्न गएका ३ जना भारतीय किशोर किशोरीहरुलाई जानकीटोला चौकीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक बस्नेतको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसी सहितका टोली घटनास्थलमा पुगि मुचुल्का उठाई मृतक खातुनलाई पोस्टमार्टमको लागि नारायणी उप-क्षेत्रीय अस्पताल वीरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।