
वीरगंज, २९ भदौ । वडा प्रहरी कार्यलय बिर्ताका घुमुवा प्रहरी सहायक हवल्दार धर्मेन्द्र तिवारीले सो क्षेत्रमा आतंक मचाएका छन् ।
वडा प्रहरी कार्यलय बिर्ताका एरिया क्षेत्र हेर्ने गरि प्रहरी सहायक हवल्दार धर्मेन्द्र तिवारी सदा पोशाकमा घुमुवाको रूपमा परिचालन छन् ।
वडा प्रहरी कार्यलय बिर्ताका एरिया क्षेत्र पर्ने इनर्वागाउँ , भन्सारनाका, छपकैया, सृसिया, भकुवा लगायतका नाकाबाट प्रहरीको घुमुवा सहायक हवल्दार धर्मेन्द्र तिवारीको सेटिङमा खुलेयाम तस्करी भैरहेको छ। १६-१७ महिना भन्दा बढी लामो समयदेखि बिर्तामा घुमुवा भएर बदनाम भएका प्रहरी हवल्दार धर्मेन्द्र तिवारी पावर लगाउदै बिर्तामा आतंक मच्चाएको स्रोतले वतायो ।
पर्साको इनर्वागाउँ, भन्सारनाका, छपकैया, सृसिया, भकुवा लगायतका सिमानाकाबाट सहायक हवल्दार घुमुवा तिवारीले सेटिङमा भारतीय सिमावर्ती बजार रक्सौलबाट भन्सार छली लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, कस्मेटिक तथा खेलकूदलगायतका भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुडा र माछालगायतका समानहरु पिकअप भ्यान, इ-रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर दैनिक नेपाल भित्रयाउने काम गर्ने व्यापारीहरूलाई तस्करीको लाइन दिएर लाखौ लाख रकम उठाई रहेका छन ।
घुमुवा प्रहरी सहायक हवल्दार तिवारीले सेटिङ मिलाएर प्रति ब्यपारी मासिक ६ हजार देखि ३० हजार सम्म तोकेको मासिक दररेट बुझेर तस्करी गराउने देखि तस्करीका समान गन्तव्य सम्म सुरक्षित पुग्न स्कर्टिङ समेत गर्ने गरेको स्थानियबासीको आरोप छ ।
वडा प्रहरी कार्यलय बिर्ताका घुमुवा प्रहरी सहायक हवल्दार धर्मेन्द्र तिवारीले राजस्व छली गराई वप्रका मात्र हैन मधेस प्रदेशका डिआईजी र आईजिपीको नाममा समेत लाखौं लाख रकम अशुल्ने गरेको स्रोतको दावी छ ।
भन्सारनाकाबाट मुख्तारले भारतबाट कपडा र नेपालबाट मदिरा रक्सीको तस्करी गर्न लाईन पाएका छन । छपकैया नाकाबाट कपडा तस्करी गर्न लाइन पाउने व्यापारीहरुमा हरेन्द्र पटेल र बबन छन्। पशुपति यादवले भारतबाट काजु र रेडबुलजस्ता समानको तस्करी गर्न पाएका छन भने बैजु साह, मञ्जु पटेलले हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टसको तस्करी गरिरहेका छन् ।
छपकैया सिरिसिया छोटी भन्सार नाकामा भारतिय एसएसबीले छपकैया आउने मेन बाटोमा सीसीक्यामरा जडान गरे पनि तस्करहरुले पन्टोकाको पूर्व साइडको गोरेटो बाटो प्रयोग गर्दै भरिया लगाएर कपडाको पोका नदी पार गराइ छपकैया नयाँ बस्ती किनारमै इ–रिक्सा, टेम्पु र मोटरसाइकलमा लोड गरि बिरगञ्जको पसलहरुमा र ट्रान्सपोरटमा पुर्याउँदै आएका छन् ।
यस्तै छपकैया नाकाबाट घुमुवा तिवारी र छपकैया चौकीको मिलोमतोमा अनिल साह र गिरी समूह र काली समूहले कपडाको लाइन पाएका छन् । मञ्जु पटेललाई भेटनरी, मोबाइल तथा कम्प्यूटर पाट्र्स र हार्डवेयर अवैध रुपमा ल्याउन छुट दिइएको छ । हरेन्द्र पटेल, धुरेन्द्र, दिनेश, वकिल, झुनझुन, माष्टर, इस्लाम, सलमान, ललिता, अम्बे, बक्सिस, इन्दु, मन्जु समूह, राम्बा समूह, बेचु समूह, अशोक वर्णवाल, ललन पटेल, मदन बंगाली, मदन केवट, मनोज गुप्ता, तबारक मिया, कुबेर जटाधारी, बवन ठाकुर, शिला समूह र मिला समूहले लाइन पाएका छन् ।
प्रहरीको छेउबाट नै हरेन्द्र पटेल र बबन लगायतका समूहले भरिया लगाएर कपडा पार गराउछन् तर छपकैया चौकीका प्रहरी र घुमुवा तिवारीले त्यहाँ सीमानाका निगरानी, चोरी तस्करी र सिमानाकामा हुने अपराध रोक्नुको साटो झन स्कटिङ गर्ने काम गर्दै आएको नाम नखुलाउने सर्तमा छपकैयाका एक जना स्थानियले बताए ।
सीमानाकाबाट प्रहरीले सेटिङमा पास गराएको कपडा र हाडवेयर लगायतका सरसमानहरु बिरगञ्जको विभिन्न स्थानमा जम्मा गरि थोरै माल समानको राजस्व तिरी गोदाममा ल्याएर तस्करीका सरसमान मिसावट गरि बिल बिजक भन्दा दोब्बर सरसमान हालेर नेपालको विभिन्न शहरमा पठाउने गर्छन् ।
यस बिषायमा वडा प्रहरी बिर्ता कार्यालयको 9855033652 नम्बरमा फोन सम्पर्क गर्दा वरिष्ठ सई रबिन्द्र साह तुरहाले फोन उठाएर तिवारी क्राइम टोली हेर्छन बाकी आफुलाइ थाहा नभएको, बिशेष बुझ्नु छ भने अफिसमा आएर बुझ्नुस भनेर ढाकछोप गर्ने हिसाबले बोल्न नचाहेर पन्छेर फोन काटे ।