
वीरगंज। मधेश प्रदेशमा करिब ६ महिनादेखि प्रमुख सचिव पद रिक्त छ । प्रदेशको निमित्त प्रमुख सचिवका रुपमा २०७९ चैत दोस्रो सातादेखि किशोरकुमार चौधरीले कामकाज गर्दैआएका छन् ।
कृष्णबहादुर राउत गएको चैत दोस्रो साता संचार तथा सूचना प्रबिधि मन्त्रालयमा सरुवा भएपछि मधेश प्रदेशको प्रमुख सचिव पदरिक्त छ । त्यसयता चौधरी निमित्त प्रमुख सचिवका रुपमा कार्यरत रहँदैआएका छन् ।
चौधरीले निमित्त सचिव भएपछि पदको दुरुपयोग गर्दै आएका छन् । मधेश प्रदेश अन्तर्गतका जनसम्पर्क हुने यातायात, घरेलु, सिंचाइलगायतका कार्यालयका कर्मचारीहरुलाई बोलाउँदै उनले पैसा माग्ने र नदिए सरुवा गर्ने गरेका छन् । उनको माग पूरा नगर्ने प्रदेश अन्तर्गतका धेरै कर्मचारीहरु सरुवाको शिकार भएका छन् । प्रमुख सचिव चौधरीको घुस आतंकले हैरान भएका कर्मचारीहरु सरकारले हालै बढुवा गरेका सचिव दिनेश घिमिरे छिटो पदस्थापन भइदिए राहत मिल्ने आशामा छन् ।
चौधरी निमित्त प्रमुख सचिव भएपछि उनको दिनचर्या नै कर्मचारीलाई बोलाउने, पैसा माग्ने नदिए उही दिन सरुवा गर्ने हुँदैआएको छ । प्रदेश अन्तर्गतका यातायात, सिंचाई र घरेलु जस्ता जनसम्पर्क हुने कार्यालयका कर्मचारीहरु निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले हैरान भइरहेको बेला उनलाई घिमिरेको पदस्थापन गरेको छ । चीनको छेन्दुस्थित महाबाणिज्य दूत रहेका सचिव घिमिरे सरकारले सचिव बढुवा गरी पदस्थापन गरे पनि हाजिर हुन गइसकेका छैनन् ।