धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली



सर्लाही – मधेशी आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा उच्चस्तरीय अनुगमन टोली पठाएको छ । सदरमुकाम मलंगवामा पटक पटक भएको धार्मिक दंगाबारे छानबिन गर्न आयोगले उच्चस्तरीय अनुगमन टोली पठाएको हो ।

गत भदौ २१ गते कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच झडप भएको थियो । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले सो घटनापछि भदौ २७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । विश्वकर्मा पूजा र गणेश पूजाको मूर्ति बिसर्जनको क्रममा पुनः अवस्था खराब भएपछि प्रशासनले गत शुक्रबारदेखि कफर्यु लगाएको छ ।

मलंगवामा नियोजित रुपमा साम्प्रदायिक सद्भाव बिथोल्न समूह नै लागिपरेको प्रशासनको निश्कर्ष छ । आयोगले आज विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउने चेतावनी दिएको छ ।

‘यसै क्रममा गत शुक्रबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा पुनः झडप भएको र सो घटनाले उग्र रुप लिएको छ । घटनामा एक जना गम्भीर घाइतेसमेत भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘कानुनविपरीत कार्य गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउन प्रशासन हिच्किचाउन  हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर