प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा



जनकपुरधाम । धनुषाको इटहर्वा नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।

प्रहरी प्रशासनले साना व्यपारी देखी ठुलो व्यपारी सम्म नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले बताए ।

व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,मदिरा ,किराना समान ,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास गर्ने गराउने गरेको बताए ।

त्यतीमात्र कहाँ हो भने हामीलाई दैनिक समानको भन्सार नकाटे पछि दिनभर सके सम्म दुवानी गर्ने गरेको बताए ।

 

छिमेकी देश भारतबाट समान ल्याउदा हामी पोका पोका गरेर टाँउकोमा बोकेर ल्याउदा हामीलाई सहज रुपमा चेक पोस्टमा बसेका शसस्त्र प्रहरी कर्मचारीहरु आउन दिन्छ । यस्ता प्रहरीलाई छानबिन गरि बिभागले कार्वाही गर्छन् ।

उक्त व्यपारीका अनुसार हामी इटहर्वा नाकाका सडक खण्डबाट दैनिक दुई दर्जन भन्दा बढी साना ठुला व्यपारीहरु सामानहरु ल्याई धनुषा र सिरहा सम्म पुर्याउने गरेको बताए । यसरी सडकमा त्यहाँ सम्मलान प्रहरी प्रशासन नै सहयोग गर्ने गरेको बताए ।

यता चेक प्वाइन्टमा बस्ने प्रहरी प्रशासन कर्मचारीहरुलाई प्रति खेप एक सय रुपैया दिने गरेको उनले बताए ।

यसरी हामीहरु सहजै रुपमा अबैध तरिकाले प्रतिवन्धित समानहरु समेत नेपाली बजारहरुमा पुर्याउने गरेको बताए ।

दक्षिणी धनुषाको ईटहर्वा नाकास्थित रहेको प्रहरी चौकी ईटहर्वाका प्रहरी असई दिपेन्द्र कुमार पटेल र सोही प्रहरी चौकीका घुमुवा प्रहरी हबल्दार घनश्याम पाण्डेले सो नाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् ।

धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार

त्यस्तै जिल्लाका धुमुवा भई काम गर्नेहरु समेत व्यपारीहरु संग रकम लिई रहेको स्थानियहरुले बताउछन् ।

यता नाका संग जोडिएका इटहर्वा सडकहरु भई साइकल , माेटरसाइकल ,टेम्पुमा खुल्लेयाम आउने गरेपनि प्रहरी प्रशासन मौन बस्नु नै संलग्नता मासिक रुपमा रकम लिई समान पास गराउने गरेको स्थानियहरुको भनाई रहेको छ ।

असई पटेल र घुमुवा पाण्डेले सो नाकाबाट कपडा व्यापारी सुरेश, बतुल्लाह, धनबीर जस्ता तस्करलाई सहयोग गर्दै आएका छन् भने हिरा साह नामक तस्करलाई जनकपुरमा जाने किरानाको समानको तस्करी गराउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज