अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०८० आश्विन ९, मंगलवार ०७:३१ बजे

काठमाडौँ, : चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ ।

विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ ।

प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताउनुभयो ।

उहाँले यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीका सङ्ख्या बढाइने बताउनुभयो । चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय