
वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराज केशरीले आफ्नाे मातहतकाे क्षेत्र भित्र कुनै किसिमकाे तस्करी नभएकाे दाबी गरेका छन् ।
यस मिडियाद्वारा “भारतीय नामदुत राँगाभैंसी तस्कर माहादेवको लाईन चालु” भन्ने शिर्षकमा प्रकाशित समाचार प्रति आफ्नाे ध्यानाकर्षण भएकाे वताउँदै प्रहरी निरिक्षक केशरीले आफ्नाे मातहतका क्षेत्रबाट राँगाभैंसी लगायतका कुनै किसिमकाे तस्करी नभएकाे दाबी गरेका हुन् ।
राँगाभैंसी तस्कर माहादेव यादवलाई लाइन दिई जगरनाथपुर पशु हाट बजारमा दैनिक १०० देखी ३०० सम्म मेलै निज तस्कर संग समन्वय गरी स्कर्टिङ गरी हरेक रात बोर्डर कटाई बजारसम्म पठाउने काम गरेको भनि उल्लेखित समाचार वीरगंज एक्सप्रेस डट कमले प्रकाश गरेकाे थियाे ।
साेही समाचारकाे विषयमा यस मिडियासंग कुरा गर्दै प्रहरी निरिक्षक केशरीले उक्त हाट बजार हप्ताको दुई दिन मात्र लाग्ने र मेरो कार्यालयबाट बोर्डर अं. २० किलो मिटर दक्षिण पश्चिम टाढा भएकोमा मैले हरेक रात राँगाभैंसी कसरी कटाए, मैले ज्याउल भन्ने र माहादेव भन्ने व्यक्तीलाई नचिनेकोमा र निजहरु संग सम्पर्क पनि नभएकोमा कसरी मैले समन्वय गरे भन्दै खण्डन गरेका छन् ।
उनले मेरो ईलाका ग्रामिण भेग पर्ने र स्थानियको मुख्य पेशा नै खेतिपाति र एउटै किसानले १० देखी १५ ओटा राँगाभैंसी पालेकोमा उक्त हाट बजारमा ३० देखी ४० सम्म स्थानीय किसानहरुले आफ्नो राँगाभैंसीहरु ल्याई बिक्री बितरण गरिरहेको वताए ।
उपरोक्त सामाचारमा मेरो क्षेत्रबाट बारुदजन्य पटाखा, काजु, किसमिस, चिनी, रजनिगन्धा, पान पराग, किराना समान, साडी, सुटिङका कपडा हर्डवेयर समान भारतबाट नेपाल तर्फ व्यापक रुपमा तस्करी भईरहेको स्रोतको दाबि छ भनि भनेकोमा मेरो मातहत सम्पूर्ण क्षेत्र पुर्ण रुपमा ग्रामिण भेग भएको एउटा समान्य कट्टु पनि किन, हार्डवेयरको एउटै समान, काजु किसमिस किन पनि बिरगंज नै पुग्नुपर्ने, एउटै ठूलो बजार नभएको क्षेत्र, मेरो मातहतमा दुईवटा बोर्डर युनिट प्रहरी चौकी पिडारीगुठी पारी पुलबिनाको खोल्ला भएको, बाटो नभएको अर्को प्रहरी चौकी महादेवपट्टीको भारतपटि ठूलो बजार नभएकोमा र यताबाट निकासी पैठारी भई अन्यत्र शहरमा जान उल्टो लामो बाटो जान पर्ने भएको उनकाे भनाई छ ।
मेरो क्षेत्रमा कतै पनि ठुलो रक्सी भट्टी नभएको र सानो सानो भट्टीहरु हाल सम्म १४ चोटी मेसिन सहित नष्ट गरिसकेको र पुनः सन्चालनमा नआएको र बोर्डर पनि सानो र भारत तर्फ निकासी बाटो एउटा मात्र भएको र सोही मुख्य बाटोमा बाक्लो ग्रामिण बस्ती सहितको प्रहरी चौकी महादेवपट्टी पर्सा रहेको र अन्यत्र बोर्डरमा खोल्ला रहेको केशरीले जनाएका छन् ।
इप्रका पटेर्वा सुगाैलीले मिति २०७२।११।२२ गते देखी हाल सम्म कार्यरत रहेको अवधिमा साइकल ४२ थान, मो.सा ८ थान गरी १८५ ओटा साल, शक्ति साल समेत पक्राउ गरी र मानिस १६ जना सालको काठ, शक्ति सालको काठ समेत सहित पक्राउ गरी वन कार्यालयमा आवश्यक कारवाहीको लागी पठाइएको केशरीले जानकारी दिए ।
उनले आफुले रात रात भरी गस्तिमा खटि उक्त काठ र मानिसहरु नियन्त्रण लिएको जनाए । यसका साथै मैले आएकाे पहिलाे हप्ता वीरगंज महानगरपालिकाकाे नं. ३१ मिलनचौक स्थित रातिको ०२:०० बजे २७ के.जि. गाजा, १ अटो ४ कारोबारी, दोस्रो हप्ता ०३:०० बजे ऐ. स्थानमा १७ के. जि.गाजाँ, १ अटो, ३ मानिस, २०८० बैशाख पहिलो हप्ता पर्सागढी न.पा. वडा नं. ४ पर्शुरामपुरबाट १० के.जि. गाँजा, १ मानिस, २०८०।०२।०४ गते रातिको ०१:३० बजे पटेर्वासुगौली गा.पा. वडा नं. ५ देउरीयाबाट ३२.३८० के.जि गाजा पक्राउ गरेकाे वताए ।
यसैगरी २०८०।०२।२१ गते जिराभवानी गा.पा. वडा नं. १ स्थितमा ६ के.जि गाजाँ २०८०।०२।२४ गते बिहान ०३:०० बजेको समयमा पटेर्वासुगौली गा.पा. वडा नं. १. गदियानी गाउँबाट २१.९६० के.जि. गाजाँ २०८०।०२।३० गते पटेर्वासुगौली गा.पा. वडा नं. ५ स्थित देउरीयाबाट बिहान ०२:३० बजे गाजाँ १२.२३० के.जि, चरेस २०.८० के.जि. २०८०।०३।०३ गते १२:३० बजे जि. पर्सा जिराभवानी गा.पा. वडा नं. ३ परसवाबाट BR22AP 8735 को मो.सा १ मानिस १ के.जि गाजाँ २०८०।०३।१८ गते जिराभवानी गा.पा. वडा नं. १ बाट ३ के.जि गाजाँ मोटरसाइक समेत पक्राउ गरेकाे उनले वताए ।
प्रहरी निरिक्षक केशरीले २०८०।०५।१५ गते बिहान ०७:५० बजरको समयमा जि. पर्सा पर्सागढी न.पा. वडा नं. १ बडेर्वा स्थित ५ के.जि. गाजाँ १ मानिस, सोही दिनको राती २२:५५ बजेको समयमा जि. पर्सा जगरनाथपुर गा.पा वडा नं. ४ मथुरा चौक स्थितमा १०.१९० के.जि चरेस र १ मानिस, २०८००६।०४ गते जिराभवानी गा.पा. वडा नं. ३ स्थित बाट १० के.जि गाजाँ पक्राउ गरी आवश्यक कारवाही गरेको जानकारी गराए ।
यसैले मेरो एरियाबाट लागु औषध काराेवारीहरु त्रसित भई मेरो एरिया छोडी अन्यत्र भागेको भनि बुझिइको केशरीले जनाए । मैले दिन रात नभनि आफै शादा पोशक सहितमा खटि पक्राउ उक्त सामानहरु पक्राउ गरेकाे उनकाे भनाई छ ।