अनाधिकृतरूपमा भण्डारण गरी राखिएका ९३ बोरा केराउ बरामद



वीरगज । जिल्ला प्रहरी कार्यालय पर्साले सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा २०८० असाेज १५ गते साे कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा राखिएकाे केराउ बरामद गरेकाे छ ।

पर्सा प्रहरीका अनुसार, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१६ रेल वे सडकखण्ड बस्ने वर्ष ४६ को अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरमा अनाधिकृतरूपमा भण्डारण गरी राखिएको केराउ २५ के.जी दरका ९३ बोरा जम्मा २३२५ के.जी. बरामद भएकाे हाे ।

प्रहरीका अनुसार, बरामद केराउकाे अन्दाजी मूल्य रू.२,७९,०००।– (दुई लाख उनानसी हजार ) बराबरको केराउ कानूनी रितपुर्‍याई बरामद गरिएकाे छ ।

बरामद केराउ जिल्ला प्रहरी कार्यालय पर्सा ल्याएर थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भैरहेको बताइएकाे छ ।

स्मरण रहाेस्, बारा,पर्सा, राैतहट, महाेत्तरी, धनुषाका सीमा नाकाहरूबाट केराउ, सुपारी जस्ता बस्तुहरू तस्करमार्फत भारत जाने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर