अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० आश्विन १६, मंगलवार ०७:४० बजे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा रहेको भेटिएको छ । अख्तियारले हालै राष्ट्रपति समक्ष बुझाएको ३३ औं बार्षिक प्रतिवेदन केलाउँदा अधिकृत तहका कर्मचारी सबैभन्दा घुस्याहा रहेको विवरण सार्वजनिक भएको हो ।

कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने,कर्मचारीको प्रवृत्तिलाई अख्तियारले उदांगो पारेको छ । टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाएको देखिन्छ । गत आवमा घुस र रिसवतसम्बन्धी ४५ वटा मुद्धामा अधिकृतस्तरका १४ र सहायक र सहयोगी तहका १५ गरी २९ जना राष्ट्रसेवक डामिएका छन् । कर्मचारीले १ हजारदेखि ५० लाखसम्म घुस मागेको उजुरीउपर अख्तियारले पछ्याउँदा ती २९ राष्ट्रसेवक फन्दामा परेका हुन् ।अख्तियारले १ जना उपसचिवसहित १३ शाखा अधिकृत,९ नासु,४ खरदार ८ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा ५ निर्वाचित र १२ मतियारलाई प्रतिवादी बनाए अख्तियारले मुद्धा दायर गरेको छ ।

प्रतिवेदनमा सबैभन्दा घुस्याहा अधिकृत तहका कर्मचारी रहेको उस्को प्रतिवेदन केलाउँदा भेटिन्छ । झूठा शैक्षिक प्रमाणपत्रको अभियोगमा उपसचिवस्तरका १,शाखा अधिकृत तहका १,नासु ४ र खरदार २ उपर मुद्धा चलाएको छ ।

यस्तै अख्तियारले सार्वजनिक सम्पत्ति हानी नोक्सानीको कसुरमा १५२ लाई प्रतिवादी बनाएको छ । सार्वजनिक सम्पत्ति हानी मुद्धामा अख्तियारले सहसचिव ५,उपसचिव १२,शाखा अधिहृत १७,नासु १५,खरदार ७ जनामुद्धा मुद्धा चलाएको अख्तियारले जनाएको छ । यस्तै गैरकानुनी लाभ हानीका ६४ वटा मुद्धामा ४४२ लाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा दर्ता गराएको छ । सहसचिव तहका २,उपसचिव तहका ३०,शाखा अधिकृत ९१,नासु ६५,खरदार १३ लाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा अगाडि बढाएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनका १३ मुद्धामा ३० जना प्रतिवादी बनाइँदा अधिकृतस्तरका कर्मचारी ६ जनालाई प्रतिवादी बनाइएको छ । सहसचिवस्तरका १,उपसचिव २,नासु २ लाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा चलाएको अख्तियारले जनाएको छ ।
यस्तै,राजश्व चुहावटका ७ वटा मुद्धामा उपसचिव तहका ६,अधिकृत १०,शाखा अधिकृत ७ जनालाई प्रतिवादी बनाएको छ ।
अख्तियारले १६२ वटा मुद्धा चलाएकोमा विशिष्ट कर्मचारी १,सहसचिव १०,उपसचिव ५८,शाखा अधिकृत १४६ गरी अधिकृतस्तरका २१४ र साहायकस्तरका नासु ११० र खरदार ३० लाई प्रतिवादी बनाएर मुद्धा चलाएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय