एसपीको उजुरी डस्बीनमा



काठमाडौं । सशस्त्र प्रहरी बारा १२ नम्बर गणबाट ठूलो परिणाममा तस्करी भएको भन्दै तत्कालीन एसपी राजेश थापालाई विस्थापित गराएर गण सम्हाल्न पुगेका एसपी आफैले घुमुवा राखेर आर्थिक लाभ लिन थालेको स्रोतले जनाएको छ ।

बारा १२ नं गणका एसपी टोपबहादुर डांगीले जवान रन्जित गुप्तालाई घुमुवा राखेर बिश्रामपुर, बलिरामपुरबाट व्यापक तस्करीको लाइन खुलाएका छन् । ‘एसपीको आदेश छ हजुर भन्दै उनले त्यहाँका बिओपीलाई लाइन खुलाउन सहयोग गरेका छन्’, बाराका एक सशस्त्र प्रहरीका जुनियर अधिकृतले भने । उनको बारेमा सशस्त्र मुख्यालयमा उजुरी परे पनि छानबिन हुन्न, पहिले बारा पर्साका एसपी डाँगीकै गलत रिपोर्टले तानिएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक कार्यालयमा रहेका डिएसपी सुरेश रेग्मीले अनुगमनको जिम्मा पाएका छन् । उनले देशभरका उजुरीहरूलाई अनुगमन गर्ने र रिपोर्ट गर्ने काम गरेपनि डाँगी र आफ्नै दाजु माधव रेग्मीको बारेमा आएको उजुरीलाई डस्बीनमा राख्ने गरेका छन् ।

रौतहतका विभिन्न नाकबाट तस्करी भएको सूचना सशस्त्र प्रहरी मुख्यालयलाई दिएपनि माधव रेग्मीबारे कुनै सुनुवाई हुँदैन । त्यसैगरी एसपी डाँगीको बारेमा पनि डिएसपी सुरेश रेग्मीले कुनै उजुरीको पत्र आइजीपीलाई सुनाउदैनन् । डिएसपी रेग्मीले जवानले टिकटक बनाएको उजुरीलाई भने प्राथमिकतामा राखेर प्रवक्ता राजेन्द्र खड्कालाई सुनाउने गरेका छन् ।

उता इन्स्पेक्टर सागर राईलाई मधेशबाहेक अर्को जिल्लामा सरुवा गर्ने गरिएको छैन । उनी लामो समयदेखि मधेश प्रदेशमा बस्दै आएका छन् । विगतमा इन्टेलीजेन्स व्यूरोमा रहेका राईलाई मधेशकै चिठ्ठा पर्ने गरेको छ । अहिले उनी सर्लाही पुगेका छन्, यसअघि धनुषमा थिए ।  साभार : दृष्टिन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज