
बारा, १६ असोज। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेले पर्सासम्मका संचारकर्मीलाई बोलाएर आफूले कुनै पनि हालतमा तस्करी हुन नदिने भनेर दिएको अभिव्यक्तीको मसी सुक्न नपाउदै नामुद तस्करलाई लाइन दिएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार लाइनको पैसा उठाउनका लागि वरिष्ठ सई रोशन अधिकारी हवल्दार प्रितम पटेल र जितेन्द्र पासवानलाई खटाइएको छ । एसपी काफलेले रकम उठाउन प्रयोग गरेका गाडी चालक राम सेवक ठाकुरको समाचार प्रकाशन आएपछि उनलाई सोमवार रमाना दिएर पठाइएको छ ।
उनको रमानाले पाँचथर दरबन्दी भएका प्रितम पटेललाई इसारा अनुसार काम नगरे ठाकुरको हालत हुने सांकेतीक चेतावनी एसपी काफ्लेले दिएका छन । एसपी काफ्लेको इसारा पाएपछि सादा पोशाकमा खटिएका अधिकारी र पासवानले त्यहाँका नामुद तस्करसँग सम्पर्क बढाएर काम शुरु भएको छ । छपाहा कवई बाट खेना यादवको समुहले भारतबाट कपडा र चिनी भन्सार छलि गरेर भित्राइ रहेका छन् । त्यसैगरी मुसहरवा एरिया बाट सरोज श्रीवास्तव र विजय वानीयाको समूहले कपडा, पान पराग, गुट्खा, खैनी, खाद्य सामाग्री भित्राइरहेका छन । सिम्रनगढ र कचौरहवाबाट उपेन्द्र यादव, भोला साह र अरविन्द साहको टोलीले रातभर भन्सार छलीका सामाग्री मित्राइरहेका छन् । सिम्रनगढ एरियाबाट भैसी पास गराइएको छ ।
नेपाल प्रहरीमा छलछाम र सबैलाई घुमाउन सक्ने खुरापातीका रुपमा चिनिने एसपी काफ्लेले बारा जानको लागि अपनाएको हतकण्डा अझ बढी रोचक छ । आफ्नो निजि स्वार्थका लागि जस्तोसुकै हतकण्डा अपनाउने काफ्ले प्रहरी प्रमुख बसन्त कुँवरको बारा पढाउने अनिच्छालाई समेत चिरेर बारा पुगेका हुन। एक भरपर्दो स्रोतले दिएको जानकारी अनुसार काफ्ले यसअघि जिल्ला प्रहरी कार्यालय दाङको कमाण्ड संहालेर आएका व्यक्ती हुन । प्रहरी प्रधान कार्यालयले सरुवाको निति बनाउँदा दाङ जिल्लालाई (क) मा राखेर गृह मन्त्रालय पठाएको थियो । (क) बाट (क) मा जान नपाइने निति भएका कारण आफू जान नपाउने भएपछि नेपाल प्रहरीका एआइजी सन्दिप भण्डारी मार्फत सुसन कर्माचार्यलाई प्रयोग गरी दाङलाई (ख) बनाउन एसपी काफ्ले सफल भएका थिए।
एसपीको सरुवा समयमा भएको भए उनी इन्चार्ज बसेको एक वर्ष नपुगेका कारण जिल्ला जान नपाउने भएपछि एसपीको सरुवा पछि धकेल्न समेत उनी सफल भएका थिए। भदौ ७ गतेसम्म एसपीको सरुवा भएको भए काफ्लेलाई इन्द्रको बाउ चन्द्रेले पनि जिल्ला लान नसक्ने भएपछि अनेक चलखेल गरेर सरुवा रोकेका एसपी काफ्लेलाई प्रहरी नेतृत्वले बारा दिन नखोज्दा पनि काफ्लेको सबै अस्त्रका अगाडी नेतृत्वको केहि चलेन यति धेरै अस्त्र प्रयोग गरेर बारा नै जानुपर्ने कारण राज्यको राजस्व मारेर आफू पोषिनका लागि भन्ने प्रमाणित भएको छ। साभार : रिपोर्ट नेपाल