२९ लाखको जमिनलाई २ करोड बनाइयो



काठमाडौं । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखितविपरीत एनआईसी एसिया बैंक गरुडाले रकम थपेर ऋणीलाई कर्जा प्रवाह गरेको खुलेको छ ।

मालपोत कार्यालय चन्द्रनिगाहापुरमा पारित लिखित लाखमा खरिद गरेको जमिनलाई एनआईसी बैंक गरुडाले केरमेट गरेर करोड बनाएर कर्जा प्रवाह गरको खुलेको छ ।

सरकारी कार्यालयमा पेस भएको कागजात आफैंले सच्याएर किर्ते गरेको आरोप समेत लागेको छ । सेवाग्राहीको मिलेमतोमा बैंक प्रबन्धकले मालपोतको लिखतमा आफैं रकम थप गरेको पाइएको हो । चन्द्रपुर नगरपालिका–२ साविक जुडिबेला गाविस–८ को कित्तानम्बर ३ सया ७५ को कट्ठा क्षेत्रफलको जमिन चिन्टु रायले ०७९ गते २९ लाख ५ हजारमा खरिद गरेको मालपोत कार्यालयको पारित लिखतमा उल्लेख छ भने सोही क्षेत्रफलको जमिनलाई एनआईसी एसिया बैंक गरुडाले ऋण स्वीकृत गर्न लिखतमा अगाडि आफैंले २ थपेर खरिद मूल्य २ करोड २९ लाख ५ हजार देखाई कर्जा प्रवाह गरेको खुलेको छ ।

यस्तै चन्द्रपुर नगरपालिका–२ साविक जुडिबेला गाविस–४ को कित्तानम्बर ९ सय ५२ को ५ कट्ठा जमिन मनोज गिरीले ०७९ माघ २७ गते खरिद गर्दा मालपोत कार्यालय चन्द्रनिगाहापुरमा पारित गरेको लिखतमा १८ लाख १५ हजार उल्लेख रहे पनि एनआईसी एसिया बैंक गरुडाले ऋण स्वीकृत गर्न लिखतमा अगाडि १ आफैं थपेर १ करोड १८ लाख १५ हजार देखाई कर्जा प्रवाह गरेको खुलेको हो ।
सामान्य नगरिकलाई भने जमिन खरिद गरेको ६ महिनापछि बैंकले ऋण दिने गरेकोमा उनीहरुलाई भने जमिन खरिद गरेको एक महिनामा नै बैंकले ऋण स्वीकृत गरेको हो । ती दुवैले सहुलियत कृषि ऋण लिए पनि उनीहरुको लगानी कृषि क्षेत्रमा नरहेको जानकारहरु बताउँछन् ।

एनआईसी एसिया बैंक गरुडाका तत्कालीन प्रबन्धक आमोद गुप्ताले आफू बैंकमा नरहेकाले यस विषयमा जानकारी दिन नसक्ने बताए । सो बैंकबाट चिन्टु राय यादवले अनु कृषि फर्मको नाममा ३ करोड ५० लाख ऋण स्वीकृत गराएका छन भने मनोज गिरीले अम्बे कृषि फर्मको नाममा कृषि ऋण स्वीकृत गराएका हुन् । यस विषयमा दुवै जनाले प्रतिक्रिया लिन मानेनन् ।

उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत् प्रवाह भएको कृषि ऋणको दुरुपयोग भएको छ । कृषि ऋणको नाममा बैंकका प्रबन्धकसहिताको मिलेमतोमा राज्यलाई ठग्ने कार्य भइरहेको छ ।

आजको नेपाल समाचार पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर