धेरै नूनको सेवन अस्वस्थकर



सीमित नूनको सेवन शरीरका लागि आवश्यक नै हुन्छ । नूनमा म्याग्नेसियाम, क्याल्सियम, सोडियम, ब्रोमाइडजस्ता तत्वहरु हुन्छन्, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछन् । तर आवश्यकता भन्दा बढी नूनको सेवन गरियो भने स्वास्थ्य सम्बन्धी गम्भीर समस्याहरु पनि देखापर्न सक्छन् । जानौं धेरै नून सेवन गर्नुका केही बेफाइदाहरु :

रक्तचाप : अधिक नून सेवन गर्नाले उच्च रक्तचापको समस्या हुने गर्दछ । उच्च रक्तचाप शरीरमा विभिन्न रोगहरुको कारण बन्न सक्दछ । यसले शरीरका विभिन्न अंगमा असर गर्दछ ।

मुटुको स्वास्थ्य : नूनको अधिक सेवन मुटुको रोगसँग पनि जोडिएको हुन्छ । नूनको अधिक सेवनले हृदयघातको खतरालाई बढाउँदछ । त्यसैले नूनको सेवन सीमित वा कम गर्नु नै उपयुक्त हुन्छ ।

छालाको समस्या : नूनको धेरै सेवन गर्नाले छालाको समस्या सिर्जना गर्न सक्छ । चिलाउने, पोल्ने, रातो हुने, स्किन इन्फेक्सन जस्ता विविध समस्याहरु नूनको अधिक सेवन पनि हुनसक्छ ।

मिर्गौलाका लागि घातक : नूनको धेरै सेवनले शरीरको पानी पिसाब वा पसिनाको रुपमा शरीरबाट बाहिर निस्कने गर्दछ । यसले गर्दा मिर्गौलालाई बढी भार पर्दछ र मिर्गाैलासम्बन्धी रोग देखापर्न सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक भोजनमा ५ ग्राम नूनको सेवन पर्याप्त हुन्छ । योभन्दा धेरै सेवन गर्न बानी छ भने अहिले नै नियन्त्रण गर्न र आफ्नो आदत परिवर्तन गर्न जरुरी देखिन्छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर