अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० आश्विन १८, बिहीबार १५:०६ बजे

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारलाई एक युवकले फेसबुकमा भ्रष्ट मेयर लेखिदिएपछि पक्राउ पुर्जी जारी गरिएको छ ।

गत भदौ ३१ गतेमा जलेश्वर नगरपालिका वडा नं. २ बस्ने कृष्णदेव झाको छोरा बद्रीनाथ झाले फेसबुकमा मेयर सोनार विरुद्ध भ्रष्ट, पतित जस्ता शब्दहरु लेखिदिएपछि उनीमाथि विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा चलाएको हो ।

युवक झाले पटक पटक मेयर सोनारलाई सचेत गराउन स्टेटसहरु लेख्दै आएका थिए तर गत भदौ ३१ गतेमा उनले मेयर सोनारलाई भ्रष्टाचारी, पतित जस्ता शब्दहरु लेखेपछि मेयर सोनारले उनीमाथि जाहेरी दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले झालाई पक्राउ पूर्जी जारी गरेको हो । साईबर क्राईमको मुद्दा लगाएपछि उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिनुपर्ने भन्दै पक्राउ पूर्जी जारी गरिएको हो ।

झा कहि कतै भाग्ने वा प्रमाणहरु नष्ट गर्न सक्ने भन्दै उनलाई विहिबार पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । यद्यपी, उनलाई अहिले पक्राउ भने गरिएको छैनन् ।

युवक झा डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग नजिक मानिएका छन् । उनी बेतिथि विरुद्ध समाजिक सँजालमा जनप्रतिनीधिहरु विरुद्ध लेख्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय