लाखाैंको अबैध सामान सहित ट्रकहरु नियन्त्रणमा



बारा, १८ असोज ।  जितपुरसिमरा उपमहानगरपालिका वडा न.११ अम्लेखगंज स्थित खटिएको प्रहरीको टोलीले विषेश सूचनाको आधारमा विरगंजबाट भैरहवातर्फ र  जितपुरसिमरा पथलैया स्थित विरगंजबाट काठमाडौंतर्फ जादै गरेको ट्रकहरुलाई चेक जाँच गर्दा  बिल विजक भन्दा बढी र सामानहरु बरामद गरेको छ ।

बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नं.को ट्रकमा अन्दाजी ४९ लाख  ८२ हजार ४ सय ४३  बराबरको सामानहरु रहेको र बिरगंजबाट काठमाडाैंतर्फ जादै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा अन्दाजी ९२ लाख १९ हजार ४सय ८ रुपैया बराबरको सामान सहित ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर