अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० आश्विन १८, बिहीबार १५:३२ बजे

नेशनल पेमेन्ट गेटवेको २५ करोड भ्रष्टाचार प्रकरण लागेर आपूर्ति सचिव मधुकुमार मरासिनी निलम्बनमा परे । त्यहीँका अर्काे ‘इन्साइक्लोपेडिया’ सचिव समेत फन्दामा परे अनौठौं नमाने हुन्छ । सार्वजनिक प्रशासनभित्र ‘मुकुन्दे पात्रो’ का रुपमा चर्चित मुकुन्द निरौला अहिले उद्योग सचिवको जिम्मेवारीमा छन् ।मन्त्रालयलाई समेत काँग्रेसको पार्टी कार्यालय बनाएका छन् । मन्त्रालयलाई उनलाई भेट्न आएका सेवाग्राहीले ‘जय नेपाल’ दाई भन्दै सम्बोधन गर्ने गर्दछन् भने काँग्रेसी सेवाग्राहीसँग ‘जय नेपाल’ दाई र जय नेपाल भाई सम्बोधन गर्ने गरेका छन् ।

उनै निरौलाले प्रदेशको सचिव हुँदा गरेका बदमासीका कारण अप्ठ्यारोमा पर्ने लागेका छन् । उनै निरौलाले प्रदेशको प्रमुख सचिव हुँदा सेटिङ मिलाएर आफ्ना भतिजदेखि आकर्षक कार्यालयमा फिट गराएका थिए । यो रोग प्रदेशदेखि आपूर्ति सचिव हुँदा पनि जारी राखे । निरौलाले दुई साता अघि कम्पनी रजिष्ट्रारको कार्यालयका डबल डिग्रीवाला रजिष्ट्रार महेश बराललाई राष्ट्रिय योजना आयोगमा तानेर त्यहाँका रजिष्ट्रारमा आफ्ना भाञ्जा भाञ्जा दिवस आचार्यलाई पठाउन खोजे । भाञ्जा दिवसलाई राष्ट्रिय सूचना आयोगको कार्यालयबाट दैनिक सयौंका संख्यामा कम्पनी दर्ता हुने त्रिपुरेश्वरको कम्पनी रजिष्ट्रारको रजिष्ट्रारको रुपमा खटाएका भए पनि दिवसले त्यस्ता गन्हाउने र अख्तियारको वक्र दृष्ट्रिमा परेको कार्यालयमा जान्न भन्ने अड्डी लिएसँगै बराल नै थमौती पाएका छन् ।

यसरी आफन्तलाई ठाँउ ठाउँमा फिट गर्ने काम उनले प्रदेशको प्रमुख सचिव हुँदादेखि गरेका छन् । निजामती वृत्तमा बदनाम केदार देवकोटालाई अर्थबाट बूढानिलकण्ठ नगरपालिकाको लेखा अधिकृतको सरुवा गर्ने काम समेत रमाना लिएर हिडिसकेपछि गरेको बाग्मतीको कर्मचारीहरुले इकर्मचारी डटकमलाई बताएका छन् ।

यस्तै बाग्मती प्रदेशका १२ जना कर्मचारीहरुलाई एक तह बढूवा गराउँदा मुकुन्दले लाखौं शुभ लाभ लिएको बाग्मतीका एक अधिकृतले जनाए । बाग्मती प्रदेशको प्रमुख सचिवबाट सरुवा भएर आपूर्ति मन्त्रालयमा आउनु अघि निरौलाले आफ्ना तीन जना भतिजहरुलाई यातायात कार्यालयमा फिट गराएको भेटिएको छ ।

लामो समयसम्म भक्तपुरको राधे राधेमा रहेर त्यहाँका ट्रायल सेन्टरसँग मिलेर उठाउन पल्किएका भतिज शिव निरौलालाई खुर्काेट कार्यालयमा सारेका छन् । भक्तपुरबाट खुर्काेटमा शिवलाई सारिनुको पछाडिको मुख्य कारण नै त्यहाँ खुल्न लागेको नयाँ ट्रायल सेन्टर हो भन्दैछन्,यातायातका कर्मचारीहरु । बर्ष दिन अगाडि देखि नै तयारी गरेको हालैमात्र टेण्डर नोटिस भएको यो ट्रायल सेन्टरमा झण्डै ५ करोडको खेतीपाती छ भन्दछन्,यातायातका कर्मचारीहरु ।

सोही सेटिङ अनुसार सातौ तहका अधिकृत निरौलाकै डिजाइनमा खोलिएको टेण्डरमा एउटा मात्र कम्पनीले भाग लिएको छ । यस्तै उनका अर्काे भतिजलाई चावहिलस्थित यातायात कार्यालयमा फिट गराइएको छ । पाँचौं तहका केशव निरौलालाई चाबहिल यातायातका हर्ताकर्ताका रुपमा त्यहाँ कार्यरत छन् । उता सातौं तहका बद्री निरौलालाई गुर्जुधारा यातायातको हर्ताकर्ता बनाएर फिट गराउन सफल भएका छन् । यसरी भतिजदेखि भाञ्जाहरुलाई मालदार कार्यालयमा फिट गराएर मासिक असुली धन्दा चलाउने गरेको यातायातका कर्मचारीहरुले इकर्मचारी डटकमलाई बताएका छन् ।

उता मुकुन्दकै समयमा जर्वजस्त खटाइएका ३० कर्मचारीका कारण बाग्मती प्रदेशमा लफडा निस्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मतीले जनाएको छ ।यो बिषयमा बुझ्नका लागि इकर्मचारी डटकमले पटक पटक सचिव निरौलासँग टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय