पर्सामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



पर्सा । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको वीरगंज महानगरपालिका–२५ मोजे सिर्सियास्थित सडकमा प्रदेश २–०३–०१७ प ६९७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही महानगरपालिका–१ छपकैया बस्ने २४ वर्षीय रमन पटेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर