
कलैया । २०८० असाेज २२ गते बारा जिल्ला कलैया उप-महानगरपालिका वडा नं.२ कवलपुर बस्ने अं. वर्ष ३० को श्याम बाबु यादवकी छोरी वर्ष ३ की रागेनी यादव कलैया बजारबाट हराएको खबर जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ तत्कालै अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाबाट खोज तलाश गर्न प्रहरी टाेली खटिएको थियाे ।
प्रहरी टोलीले निज बालिकालाई कलैया उप महानगरपालिका वडा नं.१ राजदेवी मन्दिर नजिकै फेला पारी उद्धार गरि जिल्ला प्रहरी कार्यालय बारामार्फत निज बालिकाकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया!