इजरायलमा मारिएका आनन्द साहको घरमा मन्त्री सुनिता यादव



जनकपुरधाम । इजरायलमा भएको आतंकी हमलामा मृत्यू भएका जनकपुरका आनन्द साहको परिवारसँग मधेश प्रदेशकी मन्त्री सुनिता यादवले भेँट गरेकी छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीस्थित उनको निवासमा पुगेर परिवारजनलाई सान्तवना दिएकी हुन् । पीडित परिवारसँग भेँट गर्न पुगेकी उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यादव गहभरि आँशु लिएर परिवारलाई धैर्य धारणको लागि सम्झाईन् ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यू भएका २२ बर्षिय आनन्द साहको परिवारसँग भेट गर्दै मन्त्री यादवले मधेश प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् ।

आनन्दको मृत्यूले सिँगो देशलाई दुखित तुल्याएको भन्दै सो हमलाको निन्दा समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर