अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० आश्विन २४, बुधबार ०८:१६ बजे

सिरहा । सिरहाको मिर्चैयाका व्यापारीहरुले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुलाई लखेटेर भगाईदिएको छ ।

मँगलबार छापामारी गर्न मिर्चैया आएका राजस्व अनुसन्धान विभाग इटहरीका कर्मचारीहरुलाई व्यापारीहरुले लखेटेर भगाएको हो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएको हतियार सहितको सशस्त्र प्रहरीले विगत केहदिनदेखि स्थानीय व्यापारीहरुलाई तनाव दिन थालेपछि उनीहरुले मँगलबार प्रतिकार गरी भगाएको हो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका टोलिले पसल, गोदाम र घर खानलासी गरीसकेर पनि हतियार सहितका प्रहरीले घर घेरेर बस्दा व्यापारीहरुलाई तनाव भएको थियो । रातभरी सुत्न नसकेको व्यसायीहरुले बताए। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्यक दराज यहाँ सम्मकी बच्चाहरुको झोलासम्म खोलेर हेरेपनि अझै प्रहरी घरेवन्दिमा बस्नुपर्दा तनाव भएपछि प्रतिकार गरेको बताएका छन् ।

स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कार्वाही गर्दा हुन्छ, तर, बम, बारुद्ध भएजस्तो प्रहरीले घेराहालेर बस्दा व्यसायीहरु थप मानसिक तनाव भएको बताए।

व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरीवाना गर्नुपर्नेमा खानतसासी गरी अनाश्वक तनाव दिन थालेपछि प्रतिकार गरेको बताईएको छ । व्यावसाय ठप्प भएर मानसिक तनाव खेपीरहेका व्यसायीलाई यो व्यवहारले थप पीडा दिएको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय