अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० आश्विन २५, बिहीबार ०९:१६ बजे

काठमाडौं, २५ असोज । नेपालका तीनवटै सुरक्षा निकायका प्रमुख एकसाथ देशबाहिर गएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख हाल देश बाहिर छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गरेका हुन् । उनी बेलायतबाट २७ गतेमात्रै स्वदेश फर्किने कार्यक्रम छ ।

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि अहिले विदेशमै छन् । गत शनिबार आईजीपी कुँवर बेलायत प्रस्थान गरेका हुन् ।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढिकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन राई नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल पनि छन् । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् । (नेपाल समाचारपत्रबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय