
बारा, २५ असोज । सशस्त्र प्रहरी बाहिनी र १२नम्बर गण बाराको संरक्षणमा निर्वाध रुपमा बारा लगायत ७ वटा जिल्लामा तस्करी मौलाएको हाे। सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग मिलेमतो गरी सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला गर्ने गरेको समाचार र तथ्य बाहिर आए पनि सशस्त्र मुख्यालयले खासै चासो राखेको पाइँदैन ।
बारा जिल्लाको विभिन्न सीमा नाकाहरुबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय हलचोकमा सम्म जानकारी भएपनि तस्करी रोकीको छैन।
चाडपर्वको बेलामा बाराको बलिरामपुर, मुशहार्वा, छातवा, बरैनिया,मटिआर्वानाकाबाट लाखौंको राजश्व छलि गरि दिनहुँ भारतबाट नेपालतर्फ लत्ताकपडा, हाडयेवर, काजु, कास्मेटिक सामान, जुत्ता चप्पल, प्याज र धानको तस्करी हुँदै आएको छ।
देशका नेतृत्व गरिरहेका सशस्त्र प्रहरीका प्रमुख राजु आर्यल र मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र शाह र १२ नम्बर गणका प्रमुख एवम टोप बहादुर डाङ्गी र बिओपी मुसहार्वाका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक दिपक थापानै पैसा कमाउने अभियानमा लागेका छन् भने जवानहरुको के दोष ? सशस्त्रकै एक जवानले नाम नखोल्ने सर्तमा भने–तस्करहरूको माथिल्लो निकायसम्म सोर्स हुन्छ उनीहरूको समान रोके आखिरमा हाकिमको गाली सुनेर छोड्नुपर्छ ।
त्यस्तै घुसखोर इन्चार्जका कारण सीमामा खटेका जवानहरुको मनोबल घटिरहेको र हाकिमको इशारामा मुकदर्शक बन्दै आएका छन् । सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक टेक बहादुर डाङ्गीले डिआईजी र आईजिपीको मिलाउने गर्छन् भन्ने सशस्त्र प्रहरी बल बलिरामपुरका प्रमुख थापाले तस्करहरुसंग साठगाठ गरि माथिल्लो निकायसम्म पुर्याउने गरेको नाम नछाप्रने सर्तमा एक अधिकारीले बताएका छन। साभार : रिपोर्ट नेपालबाट