
वीरगंज। पर्साको बिरगंज महानगरपालिका–१७ स्थित आईसीपी ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान
बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल वाहक ट्रक नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ ।
नियन्त्रणमा लिइएको ट्रक बरामद लत्ताकपडासहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।
प्रतिक्रिया!