अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० आश्विन २९, सोमबार १३:२० बजे

काठमाडौं । बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)को जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाइने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।

सिमरा सेजअन्तर्गतको डी र ई ब्लकमा पर्ने ४०० बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाइने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीहरुसँगको एक अन्तरक्रियामा बताएका हुन् ।

औद्योगिक क्षेत्रबारे छलफल गर्न बाराको सिमरा पुगेका मन्त्री रिजालले उक्त जानकारी दिएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । दशैलगत्तै यो प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएपछि औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छु क्षेत्र रिजाललाई उद्धत गर्दै गौतमले भने । ८०० बिगाहामा रहेको सेजका पाँचओटा ब्लकमध्ये तीनओटामा सेजले संरचना तयार गरेको छ ।

बारा–औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा प्राप्ति कठिन बन्दै गएको अवस्थामा नयाँ औद्योगिक क्षेत्र बनाउने तयारीले उद्यमी उत्साहित भएको उपाध्यक्ष गौतमले बताए । संघले लामो समयदेखि बारा–पर्सा क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापनाको पहल गर्दै आएको पनि उनले स्मरण गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट यसको सम्भाव्यता अध्ययन गराएको थियो । उक्त निकायले सिमरा औद्योगिक क्षेत्रका लागि सबैभन्दा राम्रो ठाउँ भएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको मन्त्रालयले बताएको छ । सबैभन्दा ठुलो नाका र समुद्री बन्दरगाहबाट सबैभन्दा निकट, व्यापारिक मार्ग, द्रुतमार्गलगायत पूर्वाधारले यो स्थान औद्योगिक क्षेत्रका लागि उत्तम रहेको प्रतिवेदनमा उल्लेख छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सेज प्राधिकरण सञ्चालक समितिबाट औद्योगिक क्षेत्र निर्माणको प्रस्ताव पारित भइसकेको छ । सेजको उद्यमी आकर्षित नभएपछि सेजलाई औद्योगिक क्षेत्र बनाउनु पर्ने माग उठेको हो ।सेजको ऐ, बी र सी ब्लकमा उद्योग आह्वान गरिए पनि उद्यमी उत्साहित भएको छैनन् ।

सेजमा सञ्चालन हुने उद्योगले अनिवार्य निकासी गर्नुपर्ने सीमा कुल उत्पादनको ६० प्रतिशतमा झार्ने तयारी भइरहेको पनि रिजालले बताए । सेजको भाडा पनि प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर १० रुपैयाँ गरिने मन्त्रीले जानकारी दिए । सेजमा उद्योग आकर्षित गर्न यो उपाय उपनाइएको हो । सेज परिसमै निर्माण गरिएको गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योग नआएपछि सरकारले उक्त पूर्वधार नै खारेज गरेको थियो । त्यसबेला पनि महँगो भाडा राखिएपछि उद्योगी अनिच्छुक देखिएका थिए । आजको आर्थिक अभियान पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय