अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०८० आश्विन ३०, मंगलवार १४:०४ बजे

बारा । जिल्ला प्रहरी कार्यालय बाराको टोलीलाई प्रहरी चौकी छतवामा तस्करहरुको समूहले आक्रमण गरेको छ । सीमा क्षेत्रबाट निर्वाध तस्करी गर्दैआएका तस्करहरुलाई जिल्लाबाट टोली खटाएर नियन्त्रण गर्न खोज्दा उल्टै आक्रमण भएको छ ।

आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो । सोमबार पनि छतवामा जिल्ला प्रहरी कार्यालय बाराको टोली तस्करी नियन्त्रणमा खटिएको थियो । सोमबार भन्सारछली नियन्त्रणमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि छतवा चौकीमै तस्करहरुको समूहले आक्रमण गरेको छ ।

जिल्लाका बिभिन्न नाकाबाट भन्सारछलीका सामान भित्रने गरेको सूचनापछि बारा प्रहरीले नाका नाकामा कडाइ सुरु गरेको छ । जिल्ला प्रहरीको टोली आइतबार धान बरामदपछि त्यस क्षेत्रमा तस्करी रोक्नका लागि सोमबार बिहान छतवा पुगेको थियो । तर तस्करी रोक्न पुगेको जिल्लाको टोलीमाथि एक्कासी तस्करको समूहले आक्रमण सुरु गरेको थियो ।

जिल्लाबाट खटिएको टोलीमाथि आक्रमण हुँदा छतवा चौकीका इन्चार्ज बरिष्ठ सई श्याम यादवसहित सबै प्रहरी चौकी नै खाली गराई हिंडेका थिए । तस्करहरुले सीमाका प्रहरी चौकी कसरी कब्जामा लिएर तस्करी गर्छन् भन्ने दृष्टान्त बाराको छतवा प्रहरी चौकीका प्रहरीहरु चौकी नै छाडेर हिंडेको घटनाबाट पुष्टि भएको छ ।

प्रहरी टोलीमाथि आक्रमण गरेको तस्करको समूहले आइतबार बरामद गरिएको १८ बोरा धान पनि लु्टेर लगेको छ । बारा प्रहरीका अनुसार चौकी खाली गरेर हिंडेका २ प्रहरीलाई जिल्लामा ल्याएर क्वाटर गार्डमा राखी छानबिन भइरहेको छ ।

छतवा चौकीका इन्चार्ज श्याम यादव भने अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले चौकी खाली गरेर हिंडेकामध्ये छतवा चौकीका २ प्रहरीलाई छानबिनका लागि ल्याइएको बताए । उनले भने– इन्चार्ज श्याम यादव सम्पर्कमा आइनसकेको र चौकी खाली गरेर हिंड्नेहरुको बारेमा अनुसन्धान भइरहेको छ ।

इन्चार्ज यादवले नै बरामद धान लिन जाने जिल्लाको प्रहरी टोलीमाथि स्थानीयलाई उचालेर आक्रमण गर्न लगाएको आरोप छ ।  चौकी नै खाली गरेर हिंडेका प्रहरीलाई निलम्बन गर्नका लागि बारा प्रहरीका एसपी सुरेश काफ्लेले प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्न लागेका छन् ।

बरिष्ठ सईसम्मको निलम्बन गर्ने अधिकार कानुनले प्रहरी महानिरीक्षकलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले निलम्बनको सिफारिस गर्न लगाएको थाहा पाएपछि चौकी छाडेर फरार भएका बरिष्ठ सई यादवले विभिन्न नेतामार्फत् दबाब दिन सुरु गरेका छन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर चितवनको एसपी हुँदा श्याम यादव सादा पोशाकमा परिचालित घुमुवा थिए । त्यही सम्बन्धका आधारमा उनी कुँवरलाई भनसुन गरी चौकी नै खाली गरेर हिंडे पनि जोगिने दाउमा छन् ।

चौकी नै खाली गरी स्थानीयलाई उचालेर प्रहरीमाथि नै आक्रमण गर्न लगाउने श्याम यादवको अक्षम्य अपराधलाई आईजीपी कुँवरले माफ दिने संभावना भने कम छ । श्याम यादवले माओवादीका स्थानीय नेतामार्फत् गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म निलम्बन नगर्नका लागि गुहार मागिरहेका छन् । साभार : नेपालफेस डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय