अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०८० कार्तिक ३, शुक्रबार ११:४९ बजे

सिरहा । बदनामीको चाङ्ग रहेको र संगठनको नीति विपरीत काम गर्दै आएकोले पछिल्लो समय बदनाम रहेका प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) ललन मगरदैता यादवले अवैध रुपमा पैसा उसुल्न प्रचालन गरेको दुईजना प्रहरी र एक जना ट्राफिक प्रहरीलाई कारवाहीका लागि प्रदेश प्रहरी कार्यालय जनकपुर लगिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ईलाका प्रहरी कार्यालय बन्दीपुरमा कार्यारत प्रहरी बरिष्ठ हबल्दार मोहिचन साह, प्रहरी सहायक हबल्दार जीतेन्द्र बहादुर तमाङ र ट्राफिक प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी बरिष्ठ हबल्दार संतोष दास गरी जिल्लाबाट ३जना प्रहरीलाई मधेश प्रदेशको डीआइजी कार्यालयले उनीहरुलाई कारवाहीका लागि लगिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार उनीहरु संगठन नीति नियम र आचरण विपरीत कार्य गर्दै गर्दै गरेको अवस्थामा उनीहरुलाई यही साताको सोमवार बेलुका करीब नौ बजेको समयमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई कारवाहीका लगिएको हो।

स्रोतका अनुसार चार्डबारको बेला पूर्वपश्चिम राजमार्गका सवारी साधनको चाप बढे पछि ती सवारी साधनहरु विभिन्न बहाना गर्दै चेक जाँचका नाममा कानून विपरीत अवैध तरीकाले पैसा उसूली गर्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरी प्रदेश कार्यालय लगिएको स्रोतको दाबी छ।

यता, कारवाहीका लागि पक्राउ गरेर लगिएका पीड़ित  प्रहरीहरुका परिजनका अनुसार सानो दर्जाका कर्मचारीलाई मात्र मोहोरा बनाएर कारवाहीको भागीदारी बन्न बेबस बनाउने इन्चार्जलाई कुनै पनि कारवाही नगर्ने कस्तो यो न्याय रूपी अन्याय गर्न खोजेको हो ? प्रहरी संगठन चेनअफ कामाण्डमा चल्ने बलियो संगठन हो नेपाल प्रहरी। तर, त्यही चेनअफ कामाण्ड र ठुला हाकिमको आदेश पालना गर्न सिकाईएका श्रेणी विहीन सानो दर्जा प्रहरी जवान, प्रहरी हबल्दार जस्ता दर्जाका प्रहरीहरु यसरी कारवाही खेप्न बाध्य बन्ने गर्छन्। तर, छणिक लोभ लालच देखाई प्रभावमा पारी गलत बाटोमा खटाईने यूनिट इन्चार्ज यादव जस्तालाई कारवाही नहुनु प्रहरी संगठन प्रतिको उपहास रहेको पीड़ित परिवारको दुखेसो छ।

यता, यस विषयमा मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराईलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउँन चाहेनन्। उनलाई दर्जनौ फोन गरी सम्पर्कमा ल्याउने प्रयास भयो। तर, उनलाई गरेको फोनकॉलको उनले कुनै मतलब राखेनन् । न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय