छिपहरमाईबाट तस्करीका कपडा बरामद



वीरगंज ।  सशस्त्र प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका – ३ स्थित जयमंगलापुर ओरिया खोला नजिकबाट शुक्रबार बिहान तस्करीका कपडा बरामद गरेको छ।

भारतदेखि भन्सार छली गरेर ल्याउँदै गरेको २ लाख मूल्य बराबरका कपडा सशस्त्रले नियन्त्रणमा लिएको हो। तस्करीमा संलग्नहरु प्रहरीलाई देख्नसाथ कपडा छाडेर भागेको बताइएको छ।

बीओपी (बोर्ड आउट पोस्ट) भिस्वा बंजारीबाट सशस्त्र प्रहरी निरीक्षक छबी दर्लामीको कमाण्डमा खटिएको टाेलीले उक्त तस्करीको लताकपडा बरामद गरेको हो ।

बरामद गरिएका तस्करीका लताकपडा आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर