
वीरगंज । रौतहट जिल्लाको कटहरियामा आइतबार सम्पन्न कटहरिया प्रीमियर लिग मेयर कप T-20 नक आउट टुर्नामेन्टको सेमिफाइनल अन्तर्गत आज युनाइटेड क्रीकेट क्लबले युथ क्लब अफ रौतहट गरुडा विरुद्ध शानदार जित हासिल गरेको छ ।
कटहरिया खेल मैदान परिसरमा आयोजित क्रीकेट प्रतियोगितामा युनाइटेड क्रीकेट क्लबले युथ क्लब अफ रौतहट गरुडालाई ५ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ ।
युथ क्लब अफ रौतहट गरुडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो भने पहिलो ब्याटिङ गर्दै १७ ओभरमा युथ क्लब अफ रौतहट गरुडाले सबै विकेट गुमाएर ८५ रनको लक्ष्य दिएको थियो । गरुडाको तर्फबाट ब्याटिङ गर्न डब्लु मलिक ३९ बलमा दुई चक्का र तिन चौकाको सहयोगले ४६ रन जोडे भने अन्य ब्याटरहरूको प्रदर्शनी भने खासै सन्तोषजनक रहेन ।
युनाइटेडको तर्फबाट राशिद खानले १९ बलमा दुइ छक्का र ३ चौकाको सहयोगमा सर्वाधिक ३१ रन बनाए भने मन्थन यादवले पनि २७ बल खेलेर एक चौकाको सहयोगमा १५ रन जोडे । गरुडाको बलिङका क्रममा दिएको २५ वटा एक्स्ट्रा रन पनि युनाइटेडको जितमा सहायक बन्यो ।
बलिङ तर्फपनि युनाइटेडले उत्कृष्ट प्रदर्शनी गर्यो । युनाइटेडबाट राशिद खानले ह्याटि्रक विकेट लिदै ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । त्यस्तै रन्जित कुमारले पनि ४ ओभरमा १८ रन खर्चेर ३ विकेट , सैफुल्लाह अन्सारीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट र समसाद राजाले १ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । उत्कृष्ट बलिङ र ब्याटिङ गरेका राष्ट्रिय टिमका खेलाडी राशिद खानलाई प्लेयर अफ द म्याच समेत घोषित गरियो ।
प्रतियोगितामा पर्सा क्रिकेट सङ्घका उपाध्यक्ष मुर्तुजा हवारी, युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासिम अन्सारी लगायतको उपस्थिति थियो ।