अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०८० कार्तिक ५, आईतवार १९:४४ बजे

सिरहा । सिरहामा झिझियामा नाचेर घर फर्किरहेकी एक युवतिमाथि सामुहिक बलात्कारको प्रयास भएको घटना बाहिरिएको छ ।

सिरहाको लक्ष्मीपुर पतारीमा झिझियामा सहभागी भई घर फर्किरहेको अवस्थामा एक बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।

लक्ष्मीपुर पतारिको रामपुर स्थित दुर्गा मन्दिरमा आयोजित झिझिया कार्यक्रममा सहभागी भएर आफ्ना साथीहरुसंग घर फर्किने क्रममा बालिकामाथि युवाहरुको समूहले उक्त ठाउंमा रहेको कलभर्टमा लगेर अभद्र व्यवहार गरिएको बताइएको छ ।

घर फर्किने क्रममा १७ वर्षीय बालिकाले आफूलाई पिसाव लागेको भन्दै आफूसँग रहेको साथीलाई पर्खिन लगाएर पिसाब गर्न लाग्दा युवाहरुले उनलाई उक्त ठाउँबाट नियन्त्रणमा लिएर हातले मुख थुनेर बलात्कारको प्रयास गरेको दावी छ ।

पीडितले आफ्नो कुहिनाले धकेलेर मुख खोल्न सफल भएर बालिकाको मुखबाट रोएको आवाज सुनेपछि बाटोमा उनलाई पर्खेर बसेका साथीले रोई कराई गर्दा स्थानिय जम्मा भएपछि उनलाई नियन्त्रणमा लिएका थिए। युवाहरु फरार भएका थिए।

आफूलाई नियन्त्रणमा लिएको मध्ये दुई जनालाई आफूले चिनेको बताउने बालिकाको खुट्टामा चोट लागेको छ ।

घटनाको ’दयगतमा जानकारी दिँदै पीडीतले ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा मोबाईल सम्पर्क गरेपनि प्रहरी तत्काल घटनास्थलमा पुग्न नसकेको उनको आरोप छ ।

यता इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारले आफूले त्यहांका वाडा अध्यक्षलाई फोन सम्पर्क गर्दा वाडा अध्यक्षले आफूलाई घटनाको बारेमा केही थाहा नभएको बताएपछि उक्त ठाउँमा प्रहरी ढिलो पुगेको प्रहरीले जनाएको छ ।

आईतबार (आज) विहान पीडितहरु ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पुगेर ठाडो निवेदन दिएपछि घटनामा संलग्न भनिएको सञ्जय कुमार रामलाई दिउँसै पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । घटनासँग सम्बन्धित अन्य फरार रहेको छ।

फेसबुकमा स्थानीय विनोदकुमार ठाकुरले चाडपर्वमा हुने नयाँ नयाँ परिवर्तनले समाजलाई गलत दिसातीर लैजाँदै खोजेको टिप्पणी गरेका छन् । पहिले दशैं तिहारमा समाजिक कल्चर झल्काउने पुरुष कलाकार द्वारा नाटक मञ्चन गरिन्थे तर अहिलेको नयाँ पुस्ताहरु अश्लिल गीतमा उतेजित नृत्य दिदिबहिनीहरु नाच्ने चलन बन्द गर्नुपर्छ, नत्र हाम्रो समाजमा भोलिका दिनमा सनातन हिन्दू धर्म मासिने छ ।”– उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय