शाकाहारीले प्रोटिनका लागि यस्ता फल खानुहोस्



एजेन्सी । कुखुरा, माछा तथा अन्डालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । तर शाकाहारी व्यक्तिले यी चीज खाँदैनन् । उनीहरुले केही फलहरु खाएर पनि शरीरमा प्रोटिनको कमी पूरा गर्न सक्छन् ।

आज हामी यहाँ त्यस्तै फलफूलका बारेमा बताउनेछौं ।

अम्बा

अम्बालाई तौल कम गर्ने फलको रुपमा मानिन्छ । यदि तपाईं एक कप काटेको अम्बाको सेवन गर्नुहुन्छ भने यसले शरीरलाई ४.२५ ग्राम प्रोटिन दिन्छ । यसबाहेक प्रोटिन बढाउनका लागि अम्बाको शेक बनाएर पनि पिउन सकिन्छ ।

किसमिस

किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । तर, आधा कप किसमिसमा लगभग १.३५ ग्राम प्रोटिन पाइन्छ । यदि तपाईं तौल घटाइरहनुभएको छ भने खानामा चिनी भएका चिज छोडेर किसमिस खान सक्नुहुन्छ ।

एवोकाडो

एवोकाडो मुटुका बिरामीका लागि एकदमै राम्रो फल मानिन्छ । तर, एवोकाडो प्रोटिनको पनि राम्रो स्रोत हो । एक कप एवोकाडोमा ३ ग्राम प्रोटिन हुन्छ ।

कीवी

कीवीले शरीरमा प्लेटलेट्स बढाउनुका साथै इम्यूनिटी पनि बुस्ट गर्छ । तर, एक कप काटेको कीवीमा २.०५ ग्राम प्रोटिन पाइन्छ । त्यसैले जिम जाने व्यक्तिले पनि कीवीको सेवन गर्नुपर्दछ ।

कटहर

पाकेको कटहरलाई फलको रुपमा खान सकिन्छ । कटहरमा भिटामिन बी ६ बाहेक प्रोटिन पनि पाइन्छ । एक कप कटहर खाँदा ३ ग्राम प्रोटिन पाइन्छ ।

दुध

फलबाहेक शाकाहारी व्यक्तिले दुधबाट पनि प्रोटिनको मात्रा लिन सक्छन् । दुधमा क्याल्सियम पनि भरपूर मात्रामा पाइन्छ, जसले हाम्रा मांसपेशीलाई बलियो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर