
एजेन्सी । जसरी तौल घटाउन सहज छैन, त्यसरी नै कतिपयलाई तौल बढाउन पनि सजिलो छैन । धेरै मानिसहरू दुब्लोपनबाट पनि दिक्क हुन्छन् ।
यसरी तौल बढाउनका लागि मानिसहरू विभिन्न प्रकारका तरिकाहरू अपनाउँछन् । यस्तोमा आज हामीले सोयाबिन खाएर पनि तौल बढाउन सक्ने उपायका बारेमा बताउने छौँ । सोयाबिन खाएर पनि सजिलै तौल बढाउन सकिन्छ ।
सोयाबिनमा कैयौं पोषक तत्वहरू पाइन्छन् । यसको सेवनले शरीरलाई ऊर्जा प्राप्त हुन्छ र तौल बढाउन पनि सहयोगी हुन्छ । तौल बढाउनका लागि सोयाबिनलाई कसरी खाने त्यसबारे पनि जानौँ ।
सोयाबिन स्प्राउट्स
तौल बढाउनका लागि सोयाबिनलाई स्प्राउट्ससँग खान सकिन्छ । अंकुरित अनाजसँग सोयाबिनको सेवनले तीव्र गतिमा तौल बढाउन सकिन्छ । यसले शरीरलाई ऊर्जा प्राप्त हुन्छ र सँगै शरीर बलियो पनि हुन्छ ।
बिहानमा खाने
तौल बढाउनका लागि तपाईं बिहानको नास्ता वा खानामा सोयाबिनको सेवन गर्न सक्नुहुन्छ । यसले दुब्लोपनको समस्याबाट छिट्टै छुट्कारा पाइनेछ ।
सोयाबिन र अन्डा
तौल बढाउनका लागि सोयाबिन र अन्डाको सेवन एकसाथ गर्न सकिन्छ । यसको प्रयोग सलाद वा तरकारीको रूपमा पनि गर्न सकिन्छ । सोयाबिन सलाद बनाउनका लागि केहीबेर यसलाई तातो पानीमा भिजाउनु पर्ने हुन्छ ।
उसिनेर खाने
यसको सेवन गर्दा उसिनेर पनि खान सकिन्छ । भिजेको मुंग दाल र सोयाबिनलाई उमालेर नास्ताको रूपमा खान सकिन्छ । यसले तीव्र गतिमा तौल बढ्छ ।
एक दिनमा कति खाने
तौल बढाउनका लागि कति मात्रामा खाने त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । सोयाबिनलाई एक दिनमा एक सय ग्रामसम्म खान सकिन्छ । यदी तपाईं एक पटकमै यति खान सक्नुहुन्न भने यसलाई दुई तीन भागमा बाँडेर विभिन्न समयमा सेवन गर्न सकिन्छ ।