धनुषामा नचनिया प्रिति पासमानको टोलीमाथि चप्पल जुत्ता प्रहार, स्टेज छाडेर भागे नचनियाहरु



जनकपुरधाम । नचनिया प्रिति पासवान र उनका नचनीय टिममाथि दर्शकहरुले ढुँगामुढा र चप्पल जुत्ता प्रहार गरेको छ ।

सोमबार धनुषाको सबैलामा नाच्न आएकी नचनिया पासवान र उनका नाच टोली उपर मेला हेर्न आएका दर्शकहरुले चप्पल जुत्ता र ढुँगामुढा प्रहार गरेको हो ।

जानकारी अनुसार, पासवानले उच्छृँग डान्स, अश्लिल हाउभाउको डान्सले उत्तेजित भीडले उनीमाथि ढुँगामुढा, चप्पल जुत्ता प्रहार गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार, नाच्ने क्रममा उत्तेजित भीडले उनीमाथि बियरको बोतल समेत प्रहार गर्न थालेपछि उनी स्टेज छाडेर भागेको बताईएको छ ।

यता, ईलाका प्रहरी कार्यालय सबैलाले नियम विपरित अश्लिल प्रकारको नाच नचाउन थालेपछि बन्द गराउन जाँदा झडप उत्पन्न भएको बताए । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक सुन्दर चौलागाईका अनुसार, उत्तेजित भीडले प्रहरीमाथि समेत ढुँगामुढा गर्दा ३ जना प्रहरी घाईते भएको बताएका छन् ।

नचनियाहरुलाई बचाउने क्रममा प्रहरी घाईते भएको प्रहरी नीरिक्षक चौलागाईले जानकारी दिए । नचनियाहरुमाथि ढुँगामुढा र चप्पल जुत्ता प्रहार गर्न थालेपछि केही नृत्याँगनालाई समेत चोट पटक लागेको हो । उनीहरुलाई सेफ्टी बुथ मार्फत सुरक्षा दिएर भगाएको बताईएको हो ।

विभिन्न ठाउँबाट नाच हेर्न गएका दर्शकहरु, टिकटोकियाहरुले उनीमाथि बियर बोतल, चप्पल जुत्ता प्रहार गरेको थियो । (स्थानीय भाषामा नर्तकीलाई नचनियाँ भने अनुसार नचनिया उल्लेख छ ) जनकपुरधामबाट संचालित न्यूज ब्यूरो डटकम बाट यो समाचार साभार गरिएको छ ।

भिडियो हेर्न यहाँ  क्लिक गर्नु होस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर