१० दिनकी सुत्केरी पत्रकार सीता शर्माको निधन



काठमाडौं। छोरीलाई जन्म दिएको १० दिनपछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माको १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा लगिएको थियो । मंगलबार दिउँसो फेरि ब्याथा च्यापेपछि बुटवल मुटु अस्पताल पु¥याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।

पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी सीताको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । उनको छोरी १० दिनकी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर