अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० कार्तिक १२, आईतवार १९:३९ बजे

लस एन्जलस, १२ कार्तिक । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् ।

 

अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला माेडल दुई महिनाकी गर्भवतीसमेत थिइन् ।

 

ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैं आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्।

 

विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यूयोर्क पोस्टले उल्लेख गरेको छ । उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा चोटपटकको अवस्था हेर्दा यी ज्यान जोखिममा पर्ने चोटहरू थिएनन् भन्ने अनुमान गर्न सकिन्छ।

 

मुनी फेला परेको परिस्थितिले मृत्यु हुनु अघि उनी माथि काेही शारीरिक हिंसामा संलग्न भएको संकेत गरेको छ । समाचार अनुसार प्रहरीले मुनीको शव फ्रिजमा रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो । उनको मुख बन्द थियो, हात खुट्टा बाँधिएको थियो। महिलाको घाँटी थिचेको पनि प्रमाण भेटिएको छ ।

 

मोडेल मुनीकी बहिनीले एक न्युज च्यानललाई भनिन्,  ‘मेरी दिदीले त्याे समय कसरी गुजारेकी हाेलिन, जुन बेला उनी माथी हमला भएकाे थियाे, म कल्पना पनि गर्न सक्दिनँ, यो सोचेर मात्रै पनि म अहिले पनि काँपिरहेको छु ।’

 

मुनीको फोन र म्याकबुकसँग जोडिएको आइक्लाउडमा अलर्ट रहेको प्रहरीले जनाएको छ। जसको मतलब उसको फोन अरू कसैले प्रयोग गरिरहेको थियो भन्ने देखिएकाे छ । त्यसैमा टेकेर प्रहरीले अनुसन्धान अघि बढाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय