अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० कार्तिक १२, आईतवार १९:४९ बजे

वीरगंज । प्रहरीले वीरगंजबाट हतियार सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२६ निवासी २१ वर्षिय साहिल अन्सारी र साेही ठाउँ निवासी २६ बर्षिय सरफराज अन्सारीलाई पक्राउ गरेकाे हाे ।

चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक साहिलकाे खानतलासी गर्दा निजले पिठ्यूमा भिरेको ग्रे रंगको झोलामा अबैध कटुवा पेस्तोल एक थान फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न सरफराज समेतलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा दुबै जना मिलेर उक्त पेस्तोल खरिद गरी ल्याएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे उनले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय